शनिबार, जेष्ठ १६, २०८३

२४ घन्टामा साढे १३ हजार बढी संक्रमितको मृत्यु

पछिल्लो २४ घन्टामा विश्वभरि ७ लाख ७५ हजार संक्रमित थपिएका छन् भने १३ हजार  ६ सय बढीको मृत्यु भएको छ।

वर्ल्डोमिटरको तथ्यांकअनुसार सबैभन्दा धेरै भारतमा ३ लाख ८२ हजार संक्रमित थपिएका छन् भने ३ हजार ७ सय बढी संक्रमितको मृत्यु भएको छ।

त्यस्तै ब्राजिलमा ६९ हजार संक्रमित थपिएका छन् भने ३ हजार बढी संक्रमितको मृत्यु भएको छ। अमेरिकामा भने ४२ हजार संक्रमित थपिएका छन् भने ८५३ संक्रमितको मृत्यु भएको छ।

त्यस्तै फ्रान्समा २४ हजार संक्रमित थपिएका छन् भने २४७ संक्रमितको मृत्यु भएको छ। टर्कीमा भने करिब २९ हजार संक्रमित थपिएका छन् भने ३३६ संक्रमितको मृत्यु भएको छ। नेपाल न्युज बाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal