बुधबार, माघ २३, २०८१

अमेरिकी साम्राज्यवाद मानवसमाजकाे शत्रु हाे-जिसी

बुटवल भाद्र २७गते
राजमाे सहित रूपन्देहीमा क्रियाशील दलहरूकाे संयुक्त संघर्ष समितिले आज मुर्गिया बजारमा बिराेध सभा सम्पन्न गरेकाेछ।
सभामा बाेल्दै राजमाे केन्द्रीय सदस्य नारायण जिसीले एमसिसि नेपालीको लागि इराक,सिरिया र अफगानिस्तान जस्तै गलपासाे हुने ठाेकुवा गर्नुभयो । नेपाली जनता गरिव भए पनि यसैमा रमाउन तैयार छन् तर अमेरिकी साम्राज्यवादलाई देशकाे स्वाधीनता सुम्पन तैयार छैनन् ।
दशकाैं सम्म चीन टुक्राउन अनेक हथकण्डा प्रयाेग गरिसकेको अमेरिकाले सबै हतियार असफल भए पछि आईपीएस रणनीति अन्तर्गत एमसिसि नेपाल भित्राएर रणभूमि बनाउन खाेजेकाे छ भन्दै रक्त पिपाशु,सम्पूर्ण मानव समाजकाे शत्रु अमेरिकी साम्राज्यवादलाइ याे या त्याे बाहानामा नेपाल भित्राउने षडयन्त्र असफल पार्न सबै स्वाभिमानी नेपालीहरू सडकमा आउने मात्र हैन हस्ताक्षर गर्ने जनप्रतिनीधिलाई माेहल्ला प्रवेशमा समेत राेकलगाउने सम्मकाे कदम उठाउने तैयारी भैरहेकोले राष्ट्रघातमा साक्षी नबस्न चेतावनी दिनुभयो ।
कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का दीपक भण्डारी
नेकपा(एकीकृत समाजवादी)का देवराज पाैडेल
नेकपा(क्रान्तिकारी माओवादी)का एकदेव पाैडेलले पनि सम्बाेधन गर्नुभएकाे थियोे ।
कार्यक्रमकाे संचालन राजमाे प्रदेश काेषाध्यक्ष का०गणेश गाैतमले गर्नु भएको थियोे ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?