
तिलक थापा बागलुङ
राष्ट्रिय जनमोर्चा गलकोट नगरपालिकाको भेला २०७८ चैत्र ५ गते निर्वाचन सम्बन्धी विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । भेलाको उदघाटन प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश उपाध्यक्ष धर्म बहादुर कुँवरले गरेका थिए । भेलामा राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश सचिव बेदिलाल सापकोटा, राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य नेत्र बुढाथोकी, बिष्णु बस्नेत, जातीय समता समाजका राजकुमार दर्जी, अखिल नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष मित्र दत्त ढकाल, अखिल (छैठौं) बागलुङका अध्यक्ष गणेश सापकोटा लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य पदम श्रेष्ठ, कृष्णा पुन, खडक बिक, सल्लाहकार अमर खत्री लगायत विभिन्न जनबर्गिय संगठनका प्रतिनिधिहरुको अतिथ्यता रहेको थियो ।
भेलाले गलकोट नगरपालिकाको स्थानीय निर्वाचनका लागि टंक केसीको संयोजकत्वमा २३ सदस्यीय निर्वाचन परिचालन समिति, अमर बहादुर खत्रीको संयोजकत्वमा निर्वाचन प्रचारप्रसार समिति, गुमानसिङ खत्रीको संयोजकत्वमा ९ सदस्यीय आर्थिक समिति र लालबहादुर रानाको संयोजकत्वमा स्वंयसेवक परिचालन समिति चयन गरेको छ ।
कार्यक्रम नगर अध्यक्ष टंक बहादुर केसीको अध्यक्षता, सचिव लाल बहादुर रानाको सञ्चालन र गुमानसिङ खत्री को स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।











