
मिलन सुनार बागलुङ, बागलुङ बडीगाड गाऊपालिका ८ एक निवासी जंग बहादुर बलाल पुन राजमोमा नै फर्किएका छन् । विगत केही समय अगाडी राजमो परित्याग गरी एमाले प्रवेश गरेका बलाल राजमोको निती नै बास्तविक राष्ट्र हितमा रहेको र आफुले जनमोर्चा छोडेकोमा पछुतो भएको भन्दै पुन राजमोमा नै फर्किएका हुन् ।
उनलाई राजमोका केन्द्रिय सदस्य गौरीश्वर पाण्डेले फुलमाला लगाएर स्वागत गरेका छन् । जिल्लाको बडिगार्ड गाउँपालिकामा राजमोको चुनाव तयारी भेलामा उनलाई पाण्डेले स्वागत गरेका हुन् ।
राष्ट्रिय जनमोर्चाको जिल्लाव्यापी अभियान अन्तर्रगत उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा बौल्दै राजमो केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सह–इन्र्चाज गौरीश्वर पाण्डेले देश रहने या नरहने भन्ने जटिल अवस्था रहेको भन्दै अहिले देश,गणतन्त्र तथा धर्मनिपक्षेता जस्ता उपलब्धी बचाउन राजमोले गठबन्धन सहित निर्वाचनमा जान लागेको बताएका छन् साथै उनले राजमोले सम्मानजनक हैसियतामा मात्र चुनाव तालमेल गर्ने नभए एक्लै भएपनी चुनावको तयारी गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
कार्यक्रममा बिशिष्ठ अतिथीको रुपमा बोल्दै राजमो जिल्ला अध्यक्ष अमर थापाले एमाले तथा माओवादी केन्द्रले अघिल्लो स्थानिय तहको निर्वााचनमा आफुहरुलाई धोका दिएको भन्दै गठबन्धन गर्ने कुरामा को संग गर्ने कसरी गर्ने भन्नेमा राजमो सचेत रहेको धारण राखेका छन् । कार्यक्रमा नेकपा ९मसाल० बागलुङका पबक्ता मेघ बहादुर पाइजा, राजमो जिल्ला सचिव भिमलाल पोखरेल,राजमो नगर उपाध्यक्ष रुनमाया थापा, राजमो नेता जंग बहादुर बलाल, लगायतले मन्तव्य राखेका थिए ।
सो अवशरमा अखिल नेपाल युवक संघका महासचिव भिमसेन बन, राजमो बडिगाडका सचिव, इश्वरमान विक,सहसचिव टोप बहादुर श्रिस,कोषाध्यक्ष, दुर्गा अर्याल राजमो बागलुङका पुर्व सदस्य राम प्रशाद आचार्य, बडिगाडका पुर्व कोषाध्यक्ष ओम बहादुर बुढा, बडिगाड कार्यपालिका सदस्य सोमान्त सलामी शिक्षक संघका जिल्ला सदस्य सिबलाल बन,पालिका सदस्य मेहरसिँह छन्त्याल,राजमोका वडा अध्यक्षहरु नर बहादुर काउछा,टिका भुजेल, प्रेम पुन,बिमल श्रिस, दल बहादुर घर्ती पुर्ण विक,मान बहादुर केसी, लगायतको आतिथ्यता रहेको थियो ।
भेलाले बोम बहादुर थापाको संयोजकत्वमा ९ सदसिस्य निर्वाचन परिचालन समिती गठन गरेको छ, जसमा, रुनमाया थापा,इश्वरमान विक,दल बहादुर श्रिस,दुर्गादत्त अर्याल,सोमान्त सलामी,बिमल श्रिस लोक बहादुर पाईजा,र भिमसेन बन रहेका छन् । टोप बहादुर श्रिसको संयोजकत्वमा १३ सदसिस्य प्रचार प्रसार समिती,मेहरसिँह छन्त्यालको संयोजकत्वमा ७ सदसिस्य आर्थिक परिचालन समिती,अनिल गरीको संयोजकत्वमा १५ सदसिस्य युवा परिचालन समिती,रुनमायाँ थापाको संयोजकत्वमा १७ सदसिस्य महिला परिचालन समिती, गठन गरिएको छ । कार्यक्रम अनिल गिरीको सञ्चालन,बोम बहादुर थापाको अध्यक्षता तथा इश्वरमान विकको स्वागत मन्तव्यमा सम्पन्न भएको बताइएको छ ।











