बुधबार, फाल्गुन २०, २०८२

राष्ट्रिय जनमाेर्चा धम्जाकाे भेला सम्पन्न

तिलक थापा बागलुङ

राष्ट्रिय जनमाेर्चा काठेखाेला गाउँपालिका वडा नं. ३ धम्जा बागलुङकाे निर्वाचन केन्द्रीत भेला २०७८ चैत्र ११ गते सम्पन्न भएकाे छ । भेलामा प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चा गण्डकी प्रदेश सदस्य तिलक थापा, अतिथिहरु राष्ट्रिय जनमाेर्चा बागलुङका सचिवालय सदस्य लक्ष्मण पुन, जिल्ला सल्लाहकार अर्जुन खत्री, जातीय समता समाज बागलुङका सचिव टीका संगम बिक लगायतले मन्तब्य राख्नु भएकाे थियाे ।
भेलाले काठेखाेला गाउँपालिका वडा नं.३ धम्जाकाे स्थानीय निर्वाचनका लागि पुर्ण बहादुर थापाकाे संयाेजकत्वमा ७ सदस्यीय निर्वाचन परिचालन समिति, रुद्र बहादुर थापाकाे संयाेजकत्वमा ५१सदस्यीय निर्वाचन प्रचारप्रसार समिति, रिम थापाकाे संयाेजकत्वमा ५ सदस्यीय अार्थिक समिति र दिलु केसीकाे संयाेजकत्वमा ७ सचिवालय रहेकाे स्वंयसेवक परिचालन समिति चयन गरेकाे छ । भेलाले चैत्र २५ गते भित्र धम्जाका विभिन्न टाेलहरुमा भेला सम्पन्न गर्ने निर्णय समेत गरेकाे छ । कार्यक्रम वडा समिति अध्यक्ष पुर्ण बहादुर थापाकाे अध्यक्षता, अरुण कुमार बिककाे सञ्चालन र रिम बहादुर थापाकाे स्वागत मन्तब्यमा सम्पन्न भएकाे थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?