बिहिबार, फाल्गुन २१, २०८२

नेपाल रेडक्रस सोसाइटि उपशाखा बिजुवारको सभापतिमा : लोकमणी भण्डारी

 

अनुज पछाई , प्यूठान । नेपाल रेडक्रस सोसाइटि उपशाखा बिजुवार प्यूठानको ७ औ अधिबेशन तथा १७ औ उपशाखा सभा शुक्रबार कालिका बिकास केन्द्र प्यूठानको सभाहल विजुवारमा सम्पन्न भएको छ । सभाले लोकमणी भण्डारीको सभापतित्वमा ११ सदस्यि नयाँ कार्यसमिति गठन गरेको छ । जस्को महिला उपाध्यक्षमा राधादेबी केसी , सचिब निरज सुबेदी , कोषाध्यक्ष प्रदिप कर्माचार्य ,उपसचिब मोहन सुबेदी र सह– कोषाध्यक्ष्माा पुरुसोतम रिजाल सर्बसहमति चयन भएका छन ।
त्यस्तै सदस्यहरुमा सरस्वती श्रेष्ठ , शुशिल कर्माचार्य , राजकुमारी कर्माचार्य , केशब पाण्डे र खिम प्रसाद पार्धे चयन भएका छन ।
निवर्तमान सभापति राजकुमार श्रेष्ठको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुन कुमार कक्षपतिको प्रमुख आतिथ्यता तथा नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा प्युठानका मन्त्रि दामोदर शर्माको बिशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा विजुवार उपशाखाको भवन निर्माण कार्यमा सहयोग गर्ने १४८ सहयोगिदाताहरुलाई सम्मान पनि गरिएको थियो । त्यस्तै नागरिक समाज प्यूठानले नेपाल रेडक्रस जिल्ला शाखा प्यूठानमा आबद्ध रहेर उत्कृष्ट काम गरेको भन्दै बर्तमान सभापति भण्डारी र निबर्तममान सभापति राजकुमार श्रेष्ठलाई सम्मान पनि गरेको थियो ।
कार्यक्रममा कोषध्यक्ष प्रदिप कर्माचार्यले बार्षिक प्रतिबेदन पेश गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?