बिहिबार, फाल्गुन २१, २०८२

झिमरुक–१ मा राष्ट्रिय जनमोर्चाको ११३ सदस्यीय चुनाव प्रचार समिति गठन

शंकर प्रसाद पोखरेल, गुल्मी ।

प्युठानको झिमरुक गाउँपालिका वडा नं १ मा राष्ट्रिय जनमोर्चाको अगुवा कर्यकर्ता भेला सम्पन्न भएको छ ।

भेलामा अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष चन्द्र बहादुर केसीले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवम झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जिसिको विशेष आतिथ्यता रहेको थियो।

भेलाले खगा रानाको संयोजकत्वमा ११३ सदस्यीय वडास्तरीय चुनाव प्रचार प्रसार समिति गठन गरेको छ । झिमरुक १ मा राजमोले चुनावी अभियानलाई युद्धस्तरमा अघि बढाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?