
तिलक थापा बागलुङ
राष्ट्रिय जनमाेर्चा काठेखाेला गाउँपालिका वडा नं. ४ ( साबिक तंग्राम ३ )काे टाेल भेला २०७८ चैत्र १६ गते मन बहादुर थापाकाे अध्यक्षतामा सम्पन्न भएकाे छ । भेलामा राष्ट्रिय जनमाेर्चा गण्डकी प्रदेश सदस्य तिलक थापा, रक्तिम सांस्कृतिक परिवारका केन्द्रीय सदस्य हेमराज अाश्रम, राजमाे काठेखाेलाका अध्यक्ष लक्षमण पुन र सचिव टिकासंगम बिकले मन्तव्य दिनु भएकाे थियो । हरिभक्त थापाकाे संयाेजकत्वमा ९ सदस्यीय निर्वाचन परिचालन तंग्राम३ नं. टाेल समिति र प्रदिप पुनकाे संयाेजकत्वमा ५१ सदस्यीय प्रचारप्रसार समिति चयन गरेकाे छ ।











