बिहिबार, फाल्गुन २१, २०८२

राष्ट्रिय जनमाेर्चा साविक तंग्राम ७ काे टाेल भेला सम्पन्न

तिलक थापा बागलुङ

राष्ट्रिय जनमाेर्चा काठेखाेला गाउँपालिका वडा नं. ४ ( साबिक तंग्राम-७) काे टाेल भेला २०७८ चैत्र १८ गते बिहान टोल समितिका अध्यक्ष श्री टेक बहादुर पुन ज्युकाे अध्यक्षतामा सम्पन्न भएकाे छ । भेलामा राष्ट्रिय जनमाेर्चा जिल्ला समिति बागलुङका सचिवालय सदस्य एवम् काठेखाेलाका अध्यक्ष लक्ष्मण पुन र सचिव टिका संगम बिक र रा.ज.मो.तंग्रामका अध्यक्ष बिष्णु कडेलले प्रशिक्षण दिनु भएकाे थियो । टाेल भेलाले टेक बहादुर पुनकाे संयाेजकत्वमा ७ सदस्यीय निर्वाचन परिचालन तंग्राम नं. ७ टाेल समिति र दिल बहादुर थापाकाे संयाेजकत्वमा २१ सदस्यीय प्रचारप्रसार समिति, मन कुमारी किसानकाे संयाेजकत्वमा ९ सदस्यीय महिला परिचालन समिति चयन गरेकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?