बिहिबार, फाल्गुन २१, २०८२

गलकोटमा पिकअप जिप दुर्घटना, ६ जना घाईते

 

शर्मिला रोका मगर १३ असोज, २०७९

मध्यपहाडि लोकमार्ग गलकोट नगरपालिका वडा नम्वर ९ छिस दरवारमा पिकअप जिप दुर्घटना भएको छ ।

गलकोट नगरपालिका वडा नम्वर ७ आगाँखेतदेखि वुर्तिवाङ जादैँ गरेको ग ३ च ४०९७ नम्वरको पिकअप जिप दिउँसो करिव २ वजेर ३५ मिनेट जाँदा अनियन्त्रित भई मध्यपहाडि लोकमार्गमा दुर्घटना हुँदा चालक सहित ६ जना सामान्य घाईते भएका छन् ।

घाईते हुनेहरुमा तमानखोला गाउँपालिका वडा नम्वर ३ को ३४ वर्षिय धनप्रसाद वुढाथोकि, सोहि ठाउँकै १८ वर्षिय सोनाम वुढा मगर, १९ वर्षिय ववि वुढाथोकि, ढोरपाटन नगरपालिका वडा नम्वर ५ को ३६ वर्षिय प्रविन विक, गाडि चालक गलकोट नगरपालिका वडा नम्वर ३ को २९ वर्षिय मिन वहादुर विक, सोहि ठाउँको १९ वर्षिय सुरेन्द्र सुनार घाईते भएको हटिया प्रहरी चौकिले जनाएको छ ।

त्यस्तै घाईतेहरुको ईमर्जेन्सि पोलिक्लिनीकमा सामान्य उपचारपछि घर फर्किएको जनाईएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?