बुटवल असोज १८। मकवानपुरको बकैयामा दूध बोक्ने खाली ट्यांकर दुर्घटना हुदा एक जनाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरकाका अनुसार धरान(चतरा सडक खण्डअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–५ तीनतलेमा आज दूध बोक्ने खाली ट्यांकर दुर्घटना हुदाँ हेटौंडा उपमहानगरपालिका–९ एचआइडी निवासी अन्दाजी ३४ वर्षका सिद्धान्त लामाको मृत्यु भएको हो।
हेटौंडाबाट बकैयातर्फ गइरहेको ना१घ ५४४ नम्बरको ट्यांकर गाडी तीनतलेमा सडकबाट आफैं अनियन्त्रित भई एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय हेटौडाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले बताए।
दुर्घटनामा परि सख्त घाइते भएका लामालाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको र उपचारको क्रममा मंगलवार मध्याह्न १२ बजे निधन भएको हो।
दुर्घटनामा सहचालक धादिङ जिल्ला गजुरी निवासी ४५ वर्षका प्रेम अधिकारी घाइते भएका छन्। उनका दाहिने खुट्टाको घुडामा गहिरो चोट लागेको र हेटौंडा अस्पतालमा उनको उपचार भइरहेको छ।