
काठमाडौँ । नेकपा एमाले संसदीय दलले उपाध्यक्ष विष्णु पौडेललाई सुनियोजित ढङ्गले पक्राउ गरेको भन्दै संसद्मा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ ।
मङ्गलबार पार्टी कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीसहित बसेको बैठकले यस्तो निर्णय गरेको एमालेले जनाएको छ ।
‘उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारी सुनियोजित हो ।’ एमाले नेता गुरु बरालले भन्नुभयो, यसका विरुद्ध संसद्मा एमालेले सशक्त प्रतिवाद गर्छ।’ विधिके शासन विपरीत रहेके समेत बरालले उल्लेख गर्नुभयो ।
बैठकले मुलुकमा विधिको शासन बहाल गर्न र सरकारी स्वेच्छाचारी अराजक कदमहरुविरुद्ध आवाज उठाउने निर्णय पनि गरेको छ । त्यसबाहेक मुलुकमा बढेको महँगी, बाढी पहिरो लगायतका विषयमा सरकारको ध्यान नगएको भन्दै पीडितको पक्षमा निर्णय गर्न सरकारलाई दबाब दिने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
बैठकमा अध्यक्ष ओलीले संसद्मा खेल्नुपर्ने भूमिकाका बारेमा ब्रिफिङ गर्नु भएको थियो ।











