बिहिबार, भदौ २६, २०८२

बागलुङको हरिचाैरमा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण भेला सम्पन्न

झिमरुक संवाददाता

आज मिति २०८०असोज १८ गते राष्ट्रिय जनमाेर्चाले सञ्चालन गरेको विशेष संगठनात्मक अभियान अन्तरगत गलकाेट नगरपालिका वडा न ५ हरिचाैर बागलुङमा प्रशिक्षण भेला सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय जनमाेर्चा केन्द्रीय सदस्य बेदिलाल सापकोटा, जिल्ला सल्लाहकार टंक केसी, जिल्ला सदस्यहरु पदम श्रेष्ठ, रुमाकान्त गाैतम, देवि खत्री, अखिल नेपाल बुद्धिजीवी संघका बद्री ढकाल लगायतको प्रशिक्षण मन्तव्य दिनुभएको थियोे । कार्यक्रममा राजमाे जिल्ला सदस्य बिष्णु कडेल, सु.नैन बहादुर थापा, अखिल नेपाल शिक्षक संघका सुनमाया ढकाल र मित्रदत्त ढकालकाे अातित्थ्यता रहेको थियोे । कार्यक्रममा राजमाे सल्लाहकार, पुर्वजनप्रतिनिधी र जेष्ठ सदस्यहरु मित्रलाल कडेल, थमन बहादुर श्रीस, भिम कुमारी श्रीस, अमृता श्रीस, तिल कुमारी श्रीस र मन कुमारी श्रीसलाई सम्मान गरिएको थियोे । कार्यक्रम वडा समितिका अध्यक्ष अम्मर बहादुर खत्रीकाे अध्यक्षता, सचिव तम बहादुर कार्कीकाे सञ्चालन र सहसचिव लाल बहादुर श्रीसकाे स्वागत मन्तव्यमा सम्पन्न भएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?