
बझाङको भाटेखोला केन्द्रबिन्दु बनाई भूकम्प गएको छ। बिहान ११ः ४५ बजे ५.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक अनुसा दाहालले जानकारी दिइन्।
बझाङ केन्द्रबिन्दु बनाई गएको भूकम्पले सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा पनि भूकम्पको धक्का महशुस गरिएको छ।
बझाङमा गत मंगलबार एकै दिन तीन घन्टाको अन्तरालमा चार म्याग्निच्युडभन्दा ठूला सातवटा भूकम्प गएका थिए। त्यसयता यस क्षेत्रमा भूकम्पका साना धक्का महसुस भइरहेको छ।