बिहिबार, भदौ २६, २०८२

लालटिन सहकारीको आठौं साधारणसभा सम्पन्न

शंकर प्रसाद पोख्रेल, रुपन्देही बुटवल

लालटिन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको को आठौं साधारणसभा सम्पन्न भएको छ।

साधारणसभाको उद्घाटन जेष्ठ सदस्य तथा प्रमुख अथिती गोबिन्द बहादुर कार्की र विशिष्ट अथिति सहकारी बिकास बोर्डका सदस्य संदिप सापकोटाले लालटिन बालेर साधारणसभाको उद्घाटन गरेका थिए।

संस्थाका अध्यक्ष गंगा सापकोटाको अध्यक्षता उपाध्यक्ष गोपाल गैरेको स्वागत भासण र सचिब दिनेस पाण्डे क्षेत्रिको संचालमा साधारणसभाको आयोजना गरिएको थियो । राष्ट्रिय सहकारी बैंक लिमिटेड लुम्बिनी प्रदेस कार्यलय प्रमुख नारायण बेल्बासे ,वरिष्ठ पत्रकार सुमन अधिकारी ,यमलाल भुसाल ,ट्रेड युनियनका लोकराज भुसाल र  पत्रकार स्यामलाल पोख्रेल लगायतको अथित्यता रहेको  थियो।

सहकारीले उत्कृष्ट योगदान दिने गोबिन्द बहादुर कार्की ,मधु बिष्ट जित बहादुर सुनार गोबिन्द प्रसाद घिमिरे ,जुनलाल सापकोटा र उत्कृष्ट कर्मचारी टिकादेबी डिसुवालाई सम्मान गरेको थियो।


अध्यक्ष गंगालाल सापकोटा द्वारा प्रगति प्रतिबेदन आगामी आर्थिक बर्षको लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो।
लेख सुपरिवेक्षण समितिको प्रतिबेदन संयोजक उमलाल बन्जाडे,
आयब्याय प्रतिबेदन प्रदिप भट्टराई ,
प्रस्तावित बजेट तथा कार्यक्रम प्रस्तुत कोसाधक्ष सिबराम घिमिरेले गरेका थिए।
लालटिन सहकारी संस्थाको कुल सेयर सदस्य संख्या २५७७ जना, रहेकाछन । त्यसैगरी सहकारीको कुल सम्पती तथा दायित्व रु २४करोड ४४ लाख ९९ हजार ३ सय ३४ १०.८४% रहेको छ। सहकारीले ऋण १८ करोड ३२ लाख ४६ हजार ३ सय ३४
०.६२% रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?