बिहिबार, भदौ २६, २०८२

प्युठानमा सर्पदम्स स्थापना भएसंगै, उपचारमा सहजता

जुमान सिंह के. सी.
२० असोज, प्युठान

प्युठानमा स्वर्गद्वरी सर्पदम्स उपचार केन्द्र खुल्दा बिरामीलाई उपचार गराउन सजिलो भएको छ।स्वार्गद्वारी नगरपालिका वाड न ९ कछारमा उपचार केन्द्रको स्थापना भएको छ।

स्वर्गद्वारी नगरपालिकाले मुख्य ब्यबस्थापन तथा प्रबन्धकको काम गर्ने र जिल्लाका सबै स्थानीय तहको समेत सहकार्य रहने गरि कार्य अगाडि बढाइएको जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जिसीले जनाकारी दिनु भयो।

सर्पदम्स उपचार केन्द्रमा बर्द बहादुर गण प्युठान बाट २जना नेपाली शेनाको प्राबिधिक सहयोग रहेको गणका प्रमुख शेनानी रमेश थापाले बताउनु भयो। उहाँले सर्पको टोकाइबाट बचाउनका लागि तालिम प्राप्त जनशक्तिलाई उपचार केन्द्रमा खाटाइएको बताउनु भयो।

स्वर्गद्वारी नगरपालिका वाड न २ धनबाङकि सम्झना घर्तीले आफुलाई सर्पले टोकेको र उपचारको लागि सर्पदम्स उपचार केन्द्रमा गएर सहजै निशुल्क उपचार गराएको बताउनु भयो “उहाँले भन्नू भयो एदि यहाँ उपचार केन्द्र नभएको भए बुटवल, नेपालगन्ज जानू पर्ने, आर्थिक रुपमा पनि खर्चिलो हुने भएकोले जिल्लामै उपचार केन्द्र मा उपचार गराउदा सहज तथा सजिलो भएको बताउनु भयो”।


अहिले सम्म ३ जना सर्पको टोकाइबाट उपचार गरिएको मध्य २ जना उपचार सफल भएको र एक जना हाल उपचारकै क्रममा केन्द्रमा रहेकोनेपाली शेनाका प्यारोमेडिक जगदिश कुमार शाहले बताउनु भयो साथै उहाले सर्पदम्श उपचार केन्द्रमा ५ जना जनशक्ति रहेको पनि बताउनु भयो।
दुइ जनालाई भाइपर सर्पले टोकेको र एकजनालाई कुन सर्पले टोकेको भन्ने खुल्न नसकेको उपचार केन्द्रले बताएको छ।

सर्पदम्श उपचार केन्द्र २०८० भाद्र १३ गते उद्घाटन गरि सुरु गरिएको थियो। उपचारको लागि प्युठान र छिमेकी जिल्ला रोल्पा गुल्मीले पनि लाभ लिन सक्ने उपचार केन्द्रले जनाएको छ। उपचार केन्द्रको लागि आवस्यकपर्ने उपकरण सहित थप दक्षजनशक्तिको ब्यबस्थापनमा लाग्न जरुरी छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?