बिहिबार, भदौ २६, २०८२

बुटवल उद्योग बाणिज्य संघको उपाध्यक्षमा गैरे र भट्टराई निर्विरोध

रुपन्देही ,बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आगामी नेतृत्वको लागि आज भएको मनोनयनमा वरिष्ठ उपाध्यक्ष र वाणिज्य उपाध्यक्ष पदमा भने एकल उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्ष पदमा टंकप्रसाद गैरे र वाणिज्य उपाध्यक्ष पदमा विमलराज भट्टराईको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिए।

श्रेष्ठ प्यानलमा सार्वजनिक गरिसकिएका गैरे र भट्टराईलाई अर्याल प्यानलले साझा उम्मेदवार बनाएका थिए।
संघको ७० औं वार्षिक साधारण सभा तथा २५ औं अधिवेशन अन्तरगत सोमबार निर्वाचन हुँदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?