बिहिबार, भदौ २६, २०८२

बागलुङको जलजलामा राजमोको प्रशिक्षण युबक र महिला समिति निर्माण

राष्ट्रिय जनमोर्चाले बागलुङ जिल्लाको ८५ वटै वार्डमा ऐतिहासिक तीन कार्यक्रम अन्तर्गत वडिगाड गाउपालिका ४ जलजलामा वडास्तरिय सयुक्त प्रशिक्षण भेला सम्पन्न गरेको छ।

राष्ट्रिय जनमोर्चा वडिगाड ४ का अध्यक्ष श्री बिमल कुमारको अध्यक्षतामा संचालन  प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा जिल्ला सचिव भिमलाल पोखरेल , विशिष्ट  अतिथि बागलुङ जिल्ला नेकपा मसालका प्रबक्ता  मेक बहादुर पाईजा ,अन्य अतिथि अखिल नेपाल केन्द्रीय महासचिव तथा वडिगाड गाउँपालिक उपाध्यक्ष भिमसेन वन, राष्ट्रिय जनमोर्चा बागलुङ जिल्ला सदस्य वडिगाड गाउपालिका १नम्बरका अध्यक्ष बोम बहादुर थापा, अखिल नेपाल महिला संघ बागलुङ जिल्ला सचिब  कार्यपालिका सदस्य रुनमाया पाईजा ,अखिले नेपाल शिक्षक वडिगाड गाउपालिका सदस्य केहर सिह सिँजाली , अखिल नेपाल शिक्षक संघ पालिका सदस्य लिल बहादुर श्रीस अतित्यथा  रहेको थियोे  प्रशिक्षण कार्यक्रम र नेकपा मसालको भातृ संगठन अखिल नेपाल

युवक संघका समिति गठन अखिल नेपाल युबक संका केन्द्रीय महा सचिव तथा वडिगाड गाउपालिकाका उपाध्यक्ष श्री भमसेन वनको विशिष्ट अतिथिमा नन्दु श्रीसको अध्यक्षतामा १३ जनाको समिति चयन गरेको छ। उपाध्यक्ष नरेन्द्र थापा, सचिव पदम थापा, कोषाध्यक्ष विमल रास्कोटी सदस्यहरु, गणेश श्रीस, तुल बहादुर श्रीस,खिम बहादुर रेश्मी, कोपिला श्रीस, विजय बुढा , तिर्ख बहादु पुन र तुल्सी श्रीस रहेकाछन।


अखिल नेपाल महिला संघ जिल्ला सदस्य श्रीमती रुनमाया पाईजाको विशिष्ट अतिथिमा रेखा बुढा(श्रीस) को अध्यक्षतामा १३ जना समिति चयन गरेको छ।उपाध्यक्षमा सन्तु सलामी , सचिवमा सीता पुन , कोष अध्यक्षमा प्रेम कलि काउचा, सदस्य हरुमा विनु श्रीस कोपिला श्रीस, कृष्ण श्रीस, छमाया श्रीस, दिल कुमारी सिँजाली, गौमती सँजाली, नरमायाँ पुन, भुमि श्रीस दिलमाया बि. क रहेकाछन। कार्यक्रम संचालन राष्ट्रिय जनमोर्चा वडिगाड गाउपािका स- सचिव तथा वडिगाड गाउपालिका ४का सदस्य टोप बहादुर श्रीसले गरेकाथिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?