बिहिबार, भदौ २६, २०८२

एमाले उपत्यका विशेष प्रदेश कमिटीको अध्यक्षमा प्रेमप्रसाद पराजुली सर्वसम्मत चयन

नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटी अध्यक्षमा प्रेमप्रसाद पराजुली सर्वसम्मत भएका छन्। आकांक्षी चन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएपछि पराजुली सर्वसम्मत चुनिएका हुन्।

१९ गतेदेखि चलेको गैरभौगोलिक उपत्यका विशेष प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि अध्यक्षमा पराजुली र रिजालको उम्मेदवारी परेको थियो।

उपाध्यक्षमा विदुर कार्की सर्वसम्मत भएका छन्। सचिव मिलन धरेल, उपसचिवमा जितेन्द्र श्रेष्ठ, उर्मिला सुनुवार सर्वसम्मत भएको निर्वाचन समितिले जानकारी दिएको छ।

एमालेमा भूगोल तर्फ ७ र गैरभूगोलतर्फ १ गरी ८ वटा प्रदेश कमिटी रहेका छन्। अहिलेसम्म ६ वटा प्रदेश कमिटीको अधिवेशन भइसकेको छ। सुदूरपश्चिम प्रदेश अधिवेशन आजबाट सुरू हुँदै छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?