बिहिबार, भदौ २६, २०८२

बागलुङको काडेबास र मल्ममा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण भेला सम्पन्न

झिमरुक संवाददाता  बागलुङ

मिति २०८०असोज २१ गते राष्ट्रिय जनमाेर्चाले सञ्चालन गरेको विशेष संगठनात्मक अभियान अन्तरगत गलकाेट नगरपालिका वडा न ८ काडेबास बागलुङमा प्रशिक्षण भेला सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय जनमाेर्चा जिल्ला सदस्य रुमाकान्त गाैतमले प्रशिक्षण मन्तव्य दिनुभएको थियोे । कार्यक्रम वडा समितिका उपाध्यक्ष तुलसी चालिसेकाे अध्यक्षता, सचिव चुरामिण कडेलकाे सञ्चालनमा सम्पन्न भएको थियोे ।
यसैगरी २०८०असोज २० गते गलकाेट नगरपालिका वडा न ७ मल्म बागलुङमा प्रशिक्षण भेला सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चा गण्डकी प्रदेश सल्लाहकार टंक केसी, जिल्ला सदस्य रुमाकान्त गाैतमले प्रशिक्षण मन्तव्य दिनुभएको थियोे । कार्यक्रम वडा समितिका अध्यक्ष दल बहादुर थापाकाे अध्यक्षता, सचिव मिन बहादुर दर्जीकाे सञ्चालन सम्पन्न भएको थियोे । भेलाले सदस्यता बितरण र टाेल समिति गठन पुनगठनकाे कार्यक्रम बनाएकाे छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?