
झिमरुक संवाददाता
झिमरुक गाउँपालिका ५ ओखरकोट बिसरे स्थाइ घर भई कुवेतको आदान अस्पतालमा बिगत करिब १५ महिना अघिदेखि अचेत अवस्थामा उपचाररत रहेकी तुलसा जी सी को उद्धारका लागि झिमरुक गाउँपालिकाले आर्थिक सहयोग गरेको छ! आज बसेको गाउँ कार्यपालिकाको बैठकले रु ५०,०००/-(पचास हजार ) सहयोग गर्ने निर्णय गरेकाे अध्यक्ष पित बहादुर महतारा क्षेत्रीले जानकारी दिनुभयो।
घरेलु कामदारको रूपमा कुवेत पुगेकी तुलसाको अचानक ब्रेन ह्यामरेज भएको र दुई पटक सम्म टाउकोको जटिल शल्यक्रिया भएता पनि उनी अझै सम्म बोल्न र पूर्ण रुपमा होस पनि नखुलेको आफन्त एवं निरन्तर बिरामीको उपचार र उद्धार कार्यमा पहल गरिरहेका सामाजिक ब्यक्तित्व प्रदिप जी सी ले बताए! कुवेतका लागि नेपाली दुताबास मार्फत उपचारमा समन्वय भइरहेको छ।अस्पताल अब बिरामीलाई नेपाल लैजान भनिरहेको छ, नेपाल ल्याउँने सम्बन्धमा सम्पूर्ण काम पूरा भएको अस्पताल प्रशासन एवं दुताबासले जानकारी दिदै आएको छ ।
उहालाई नेपाल ल्याउँने विषयमा कुवेतका लागि नेपाली दुताबास, NRNA लगायत अन्य विभिन्न संघ संस्था तथा ब्यक्तिहरुसंग सहयोगको लागि गुहार मागियो, दुताबासले उहाँको टिकटको लागि कुनै चिन्ता लिनुपर्दैन हामी मिलाउँदैछौ भन्ने आश्वासन दियो तर पछिल्लो समय टिकटको लागि दुताबासले सहयोग गर्न नसक्ने बताएपछि पिडित परिवार बिक्षिप्त बनेको छ।धेरै लामो समयदेखि आमा अस्पतालमा छट्पटाइरहनु भएकोले छिटो भन्दा छिटो नेपाल ल्याउँनको लागि आर्थिक सहयाेग गरिदिन छोरी सिता जी सी ले अपिल गरेकी छन्घ।रेलु कामदारको रुपमा कुवेत जानुभएकी तुलसाको पारिवारिक आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको र वर्ष दिन भन्दा धेरै समय देखि आफ्नी आमाको पिडादाइ अवस्था देख्दा छोराछोरी बिक्षिप्त बनेका छन ।
निज बिरामीलाई बिशेष फोल्डिङ बेड ( चार सिट बराबर) मा राखेर ल्याउनुपर्ने र उनलाइ एक जना सहयोगी सहित करिब सात लाख बराबर खर्च लाग्ने भएको हुँदा उक्त पिडित बिरामी तुलसालाइ उद्धारमा सहयोग गरिदिनुहुन देश तथा विदेशमा रहनुभएका आदरणीय सहयोगी मनहरूलाई विशेष अपिल गर्दछौं – सामाजिक अभियन्ता झिमरुक ५ ओखरकोट निवासी प्रदिप जी सी ले भने।
आर्थिक सहयोगका लागि
पिडितको छोरीको नाममा रहेको बैंक डिटेल
Name : Sita G C
AC No : 0310161573900015
Bank: Prabhu Bank
Amarpath Branch Butwal