
शंकर प्रसाद पोख्रेल ,रुपन्देही बुटवल
क्रान्तिकारी कम्युनिष्ट पार्टीकि केन्द्रिय सदस्य तेज कुमारी थापा (सृजना ) र सरोज राना (सागर) बिच प्रगतिशील बिवाहा कार्यक्रम बुटवलको सनराइज होटेलमा सम्पन्न भएको छ। एक अर्कालाई फुलको माला र अबिर लगाइदेर उनिहरुले वैवाहित जिबनको सुरुवात गरेका थिए।
वैवाहित कार्यक्रमको प्रमुख अथिती क्रान्तिकारी कम्युनिष्ट पाटीका केन्द्रिय पलिब्युरो सदस्य तथा नेता प्रेम सुवेदी रहेका थिए। उनले वैवाहिक कार्यसफलताको शुभकामना समेत दिएका थिए।
प्रगतिशील बिबाह गरेर नब जोडिले समाजलाइ प्रगतिशील रुपान्तरण गर्न टेबा पुरायको तर्क नेता सुबेदिको थियो।
त्यसै गरि अर्का केन्द्रिय सदस्य टीका रानाले स्वागत मन्तव्य राख्दै देशमा ब्याप्त दाइजो प्रथा हाबी भएको अबस्थामा यसरी प्रगतिशील बिबाह गर्नु समाजलाइ प्रगतिशील पथमा रुपान्तरण गर्नु रहेको बताए,उनले तेजकुमारी थापा र सरोज रानाको राजनीतिक जिबनी समेत जानकारी गराएकाथिए।
प्रगतिशील बिवाहा कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पाटिका नेताहरु संजिब कुमार,रुपन्देही जिल्ला इन्चार्ज तिलक पुन,संयोजक लक्ष्मीकान्त पौडेल ,निमकला पुन,रुपा बुढा,मणि, ब्यपर संघका पितम्बर पुन ,प्रगतिशील पत्रकार संघका अध्यक्ष स्यामलाल पोख्रेल झिमरुकपोस्ट अन्लाईनका सम्पादक शंकर प्रसाद पोख्रेल ,मुलबाटोका संग्राम थापा,कंचन खबरका ,जोगिलाल थापा,रातो खबरका पारस राहाडी ,दलित मुक्तीमोर्चाका बिक्रम नेपाली ,जनजाती आदिबासिका राजु भुजेल,मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रिय सदस्य टंक कुंवर नेपाल ललितकलाका यम बहादुर थापा,क्रान्तिकारी महिला संघकी रेखा खनाल,अखिल क्रान्तिकारिका बिमा भट्टराई ,अभिबाक चन्द्रकली राना र मन कुमारी थापाको समेत अथित्यता रहेको थियो। त्यसैगरी अखिल क्रान्तिकारी अध्यक्ष रुपन्देहीका मनोज थापा ट्रेड युनियनका अनिल रानाकोपनी अथित्यता रहेको थियो।
तेजकुमारी थापा र सरोज राना गुल्मी जिल्ला ठुलोलुम्पेक निवासि हुन।
प्रगतिशील बिवाहा कार्यक्रमको अध्यक्षता तेन्जिङले गरेकाथिए भने संचालन क्रान्तिकारी कम्युनिष्ट पाटिका युबा नेता प्रगति रानाले गरेका थिए। स्वागत भासण क्रान्तिकारी कम्युनिष्ट पाटिका केस टीका राना गर्जनले गरेका थिए।
समाजमा एउटा प्रगतिशील सोचको चेतना फैलियोस भनेर आफुहरुले प्रगतिशील बिवाहा कार्यक्रमलाई औपचारिक रूपमा सम्पन्न गर्न गएको तेजकुमारी थापाले झिमरुकपोस्टलाई बताइन।