
जुमान सिंह के सी
असोज २६, प्युठान
बिश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसको अवसरमा प्युठानको खलंगामा एक कार्यक्रम गरि दिवस मनाइएको छ।
श्री बर्द बहादुर गण खलंगा प्युठानको मुख्य आयोजना तथा जिल्ला प्रशासन कार्यालय, मल्लरानी गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीको समन्वयमा कार्यक्रम गरिएको श्री बर्द बहादुर गणका मेजर धर्मराज पाण्डेले जानकारी दिनु भयो।
खलंगामा रहेको टुडिखेलमा बिपत सम्बन्धि प्रयोग गरिने सामग्रीको प्रदशन तथा जानकारी, प्राथमिक उपचार, उद्दार,बिपत प्रतिकार्य कसरी गर्नेबारे प्रत्यक्ष अभ्यास(डेमो) गराइएको पाण्डेले बताउनु भयो।
मौसम अनुसार विभिन्न समयमा बिपतका घटना घरगोठ आगलागी, चुलोग्यासबाट हुने आगलागी, बनजङ्गल डढेलो तथा आगलागी हुँदा कसरी नियन्त्रण तथा न्यूनीकरण गर्ने बारेमा आम सरोकारवाला तथा जनसमुदायमा सचेतना प्रदान गर्ने उदेश्यका साथ कार्यक्रम गरिएको श्री बर्द बहादुर गण प्युठानका प्रमुख शेनानी रमेश थापाले बताउनु भयो।
“उहाँले भन्नु भयो नेपाली शेनाले मात्र तालीमलिने उनीहरुलाई मात्र जानकारी भएर मात्र हुँदैन यसको बारेमा सबैमा ज्ञानहुनु जरुरी रहेको बताउनु भयो उहाँले थप्नु भयो बिपत ब्यबस्थापनका लागि सुरक्षा निकायहरु जतिबेला पनि तयारी अबस्थामा रहने भन्दै सबैको सहयोग तथा सहकार्य आवस्यक पर्ने बताउनु भयो।
कार्यक्रममा जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जिसीले बिपत सम्बन्धि विभिन्न कार्यक्रमहरु स्थानीयतह सम्म पुर्याउनु पर्ने आवस्यकता रहेको बताउनु भयो।
जिल्ला प्रशासन कार्यालय प्युठानका प्रमुख जिल्ला अधिकारी… ले बिपत जतिबेला पनि आउन सक्ने भन्दै सबै सचेत रहन पर्ने बताउनु भयो साथै उहाँले भन्नू भयो प्राकृतिक तथा मानबिय बिपत्तिका घटनाका कारण हुने जनधनको क्षती रोक्न सबै सरोकारवालाको विशेष ध्यान जान जरुरी रहेको बताउनु भयो।
कार्यक्रमको अवसरमा नेपाल रेड्क्रस सोसाइटी बाट सुरक्षा निकायहरुका लागि माक्स तथा सेनिटाइजर प्रदान गरिएको थियो।
कार्यक्रममा स्थानीय तहका प्रमुख, विभिन्न कार्यालय तथा संघसस्थाका प्रतिनिधि, तथा स्थानीय समुदायको सहभागितामा कार्यक्रम गरिएको हो ।