बुधबार, भदौ २५, २०८२

सोलुखुम्बुको लोबुचेमा मनाङ एयरको हेलिकप्टर दुर्घटना

काठमाडौँ । मनाङ एयरको जहाज शनिबार बिहान लोबुचेमा दुर्घटना भएको छ । रुम्झाटारबाट लोबुचे जाँदै गरेको एएस ३५०-बी३ई हेलिकप्टर बिहान करिब ७:३० बजे दुर्घटनामा परेको मनाङ एयरका निर्देशक राजु न्यौपानेले रातोपाटीलाई जानकारी दिए ।

हेलिकप्टर लोबुचेमा अवतरण (ल्यान्ड)गर्ने क्रममा दुर्घटनामा परेको निर्देशक न्यौपानेको भनाइ छ ।

हेलिकप्टरमा अन्य यात्रु नभएकोमा चालक, क्याप्टेन प्रकाश सेडाई गम्भीर घाइते हुन पुगेका छन् । उनलाई हेलिकप्टरमार्फत काठमाडौँको ह्याम्स हस्पिटल ल्याइँदै गरेको न्यौपानेले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?