
शंकर प्रसाद पोख्रेल ,रुपन्देही बुटवल
आज २०८०/६/२७ गते सैनमैना नगर पालीकाको वार्ड नंबर १ मा रहेको समाबेसी टोलमा राष्ट्रिय जनमोर्चाले एक कार्यक्रम गरेर सदस्य अभियानलाई तिब्र पारेको छ। लुम्बिनी प्रदेश कोषाध्यक्ष का.गणेश गौतमले नयाँ सदस्यता बितरण गरेका थिए । नयाँ सदस्य बितरण गर्दै उनले राष्ट्रिय जनमोर्चा अब नेपाली जनताको घर घर पुग्ने बताय ।
त्यसैगरि रा.ज.मो.रूपन्देही जिल्ला सह सचिव लाल बहादुर क्षेत्री ,कुष्ण बम मल्ल,हरि राहदी,कतार का केन्द्रीय सदस्य चेत नाथ बन्जाडे ले समेत मन्तब्य राखेका थिए । सदस्यता अभियानको संचालन नगर सचिव बिष्णु थापा क्षेत्रीले गरेका थिय। किसान संघ रूपन्देही जिल्ला सचिव जयश्वर रेग्मी को अध्यक्षतामा कार्यक्रम गरिएको थियो।