बुधबार, भदौ २५, २०८२ | Wednesday 10th September 2025
राष्ट्रिय जनमोर्चा कास्कीको पाँचौँ सम्मेलन रविमोहन ढकाल अध्यक्षमा चयन
झिमरुक पोस्ट
शनिबार, अशोज २७, २०८०
पोखरा । राष्ट्रिय जनमोर्चा कास्कीको पाँचौँ सम्मेलन रविमोहन ढकाललाई अध्यक्षमा चयन गर्दै सम्पन्न भएको छ ।
राजमो केन्द्रीय सल्लाहकार अमर थापाको प्रमुख आतिथ्य तथा राजमो केन्द्रीय सदस्य एवम् प्रदेश अध्यक्ष शङ्कर बरालको विशिष्ट आतिथ्यमा २०८० असोज २६ र २७ गते सम्मेलन सम्पन्न भएको हो ।
उद्घाटन शत्र
सम्मेलनको उद्घाटन शत्र रविमोहन ढकालको अध्यक्षता, गणेश अधिकारीको सञ्चालन र विष्णु पुरीको स्वागत मन्तव्यका साथै अगाडि बढेको थियो ।
सम्मेलनमा अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका महासचिव सन्तोष पौडेल, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य नामबहादुर बाठामगर, अखिल (छैठौं) का केन्द्रीय सदस्य सोमनाथ अधिकारी, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य तमबहादुर रोका, अखिल नेपाल जनजाति सम्मेलनका प्रदेश सदस्य डम्बरबहादुर थापा, राजमो कास्कीका पूर्व अध्यक्षहरू गिरबहादुर कुँवर, मदनमुरारी घिमिरे, पूर्व जिल्ला संयोजक हरि बराल, नेकपा (मसाल) कास्कीका पूर्व प्रवक्ता चन्द्रबहादुर केसी, अखिल नेपाल महिला सङ्घकी जिल्ला अध्यक्ष जमुना खत्री, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का जिल्ला अध्यक्ष गङ्गाबहादुर थापा, जातीय समता समाजका जिल्ला सचिव होमबहादुर सुनारलगायतको आतिथ्य रहेको थियो ।
बन्दशत्र
सम्मेलनको बन्दशत्र चन्द्रबहादुर केसीको अध्यक्षता तथा हरिबहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।
केन्द्रीय सल्लाहकार अमर थापा र केन्द्रीय सदस्य शङ्कर बरालको उक्त कार्यक्रममा आतिथ्य रहेको थियो ।
सुशीला विकले समयसूचकको भूमिका निर्वाह गर्नुभएको सम्मेलनले विभिन्न प्रस्ताव पारित गर्नुका साथै नयाँ समितिको प्यानल पारित गरेको थियो ।
नयाँ समिति निर्वाचित
सम्मेलनले रविमोहन ढकाल अध्यक्ष रहनुभएको राजमोको जिल्ला समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा तमबहादुर रोका, सचिवमा विष्णु पुरी, सहसचिवमा लक्ष्मी कुँवर र कोषाध्यक्षमा प्रवीण पौडेल रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा गणेश अधिकारी, गङ्गाबहादुर थापा, डम्बर थापा, हरिबहादुर खत्री, यमादेवी पौडेल, देविलाल कँडेल, प्रेम विक, देविकला विक, सुशीला विक, पुष्पराज अधिकारी, चन्द्रबहादुर जिसी र नामबहादुर बाठामगर रहनुभएको छ ।
एवम् प्रकारले समितिको वैकल्पिक सदस्यहरूमा प्रकाश बराल, होम सुनार, सुमन गुरुङ, पदम कार्की र नितेश पोखरेल रहनुभएको छ ।
सम्मेलनले शङ्कर बराल, गिरबहादुर कुँवर, मदनमुरारी घिमिरे, हरि बराल, मेघराज ढकाल र चन्द्रबहादुर केसीलाई सल्लाहकारमा चयन गरेको छ ।
समापन कार्यक्रम
सम्मेलनको समापन कार्यक्रममा नवनिर्वाचित अध्यक्ष ढकालले प्रतिबद्धता मन्तव्य राख्नुभएको थियो ।
प्रमुख अतिथि थापाले सम्पूर्ण अतिथिको तर्फबाट नवनिर्वाचित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।