
शंकर प्रसाद पोख्रेल ,रुपन्देही बुटवल
नेपाल पत्रकार महासंघ रुपन्देहीले बिजया दशामी ,शुभ दिपावली ,छठ पर्व एबं नेपाल सम्बत ११४३ को पावन अवसरमा महासंघको रुपन्देहीको बुटवलमा रहेको कार्यलयमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ।
पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलको अध्यक्षता र सचिब बिनोद परियारको संचालनमा कार्यक्रम अगाडि बढेको थियो।
शुभकामना कार्यक्रमको प्रमुख अथिती नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष बिपुल पोख्रेल रहनुभएको थियो
शुभकामना कार्यक्रममालाई प्रमुख अतिथिको आसन बाट बोल्दै पोख्रेलले आफू सधै श्रमजीवी पत्रकार पक्षमा लडेको बताउनुभएको थियो।
शुभकामना मन्तव्य विशिष्ट अतिथि तथा बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पान्डेले पनि राख्नु भएको थियो।