मङ्लबार, भदौ २४, २०८२

राष्ट्रिय जनमोर्चा बागलुङ बडिगाडकाे दाेश्राे सम्मेलन सम्पन्न

झिमरुक संवाददाता बागलुङ

राष्ट्रिय जनमाेर्चा बडिगाड गाउँ समिति बागलुङकाे दाेश्राे पालिका सम्मेलन २०८० असाेज २७ गते खाैलार बजारमा सम्पन्न भएको छ । सम्मेलनकाे उदघाटन प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चा बागलुङका जिल्ला अध्यक्ष तिलक थापाले मैन बत्ती प्रज्वलन गरि गर्नु भएको थियाे । सम्मेलनलाई उदघाटन गर्दै प्रमुख अतिथि तिलक थापाले संघीयताका कारण मुलुकको अर्थतन्त्र तहस नहस भएको बताउनु भयाे । ब्यापार घाटा बढेर २१ खर्ब पुग्नुकाे मुल कारण संघीयता भएकाे जाेड दिनु भयाे । मंहङ्गी बढेर जनजीवन अाक्रान्त भएको बेला भ्रष्टाचार झन भन्दा झन माैलाउदै जानुले याे महङ्गो प्रणाली जनताले थेग्न नसक्ने बताउनु भयाे। बिकाश अनुदानकाे नाममा MCC जस्तो राष्ट्रहित बिपरितकाे सम्झाैताले मुलुककाे राष्ट्रियता खतरामा परेको बताउदै संघीयता र MCC खारेजीकाे लागि सम्पूर्ण राष्ट्रप्रेमी देशभक्त नागरिक एक हुनुपर्ने बताउनु भयाे । सम्मेलन सफलताकाे शुभकामना दिनेहरमा विशिष्ट अतिथि राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य बेदीलाल सापकोटा, अतिथिहरु गण्डकी प्रदेश सहसचिव खिम बिक्रम शाही, ने क पा मसाल बागलुङका प्रबक्ता मेक बहादुर पाईजा, रा ज माे बागलुङका सचिव भिमलाल पाेखरेल, अखिल नेपाल युवक संघका केन्द्रीय महासचिव भिमसेन वन, अखिल नेपाल महिला संघ बागलुङका सचिव रुनमाया थापा लगायत हुनुहुन्थ्यो । उदघाटन समारोहमा विभिन्न जनबगिय संगठनका प्रतिनिधि र जनप्रतिनिधिहरुकाे अातित्थ्यता रहेकाे थियाे । दाश्राे सम्मेलनले बाेम बहादुर थापाकाे अध्यक्षतामा ११ पुर्ण ४ बैकल्पिक र ६ सल्लाहकार रहेको समिति चयन गरेकाे छ । जसमा उपाध्यक्ष रुनमाया थापा, सचिव बिमल श्रीस, सहसचिव ताेप बहादुर श्रीस, काेषाध्यक्ष दुर्गा अर्याल सदस्यहरुमा नरेन्द्र घर्ती, नर बहादुर काउचा, मेयरसिह छन्त्याल, उक्ति प्रशाद परियार, प्रेम बहादुर पुन, दल प्रशाद श्रीस बैकल्पिक सदस्यहरुमा लाल बहादुर छन्त्याल, बिमला भुजेल, सन्जु थापा, पुर्णा सुनार सल्लाहकारहरुमा लाेक बहादुर पाईजा, अाेम बहादुर बुढा, खुद बहादुर गुरुङ, रामजीत बिक, नर बहादुर बिक र गम्मर बहादुर श्रीस रहनु भएको छ ।

बडिगाडकाे खार बजारबाट नारा जुलुस सहित सुरु भएको र्याली खाैलार बजारमा पुगि सुरु भएको उदघाटन समारोह अध्यक्ष बाेम बहादुर थापाको अध्यक्षता, काेषाध्यक्ष दुर्गा अर्यालकाे सञ्चालन र सचिव ईश्वरमान बिककाे स्वागत मन्तव्यमा सम्पन्न भएको थियाे । कार्यक्रममा रक्तिम साँस्कृतिक परिवारका कलाकारकाे प्रस्तुति रहेको थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?