बिहिबार, भदौ २६, २०८२ | Thursday 11th September 2025
रुपन्देहीको बुटवलमा एक स्वास्थ्य अवधारणासम्बन्धी गोष्ठी सम्पन्न
झिमरुक पोस्ट
सोमवार, अशोज २९, २०८०
शंकरप्रसाद पोख्रेल, बुटवल ।
रुपन्देहीको बुटवलमा एक स्वास्थ्य अवधारणासम्बन्धी गोष्ठी सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश सरकार पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको आयोजनामा २०८० असोज २९ गते सोमबार उक्त गोष्ठी सम्पन्न भएको हो ।
गोष्ठीको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि भूमि स्रोत तथा नक्साङ्कन महाशाखाका प्रमुख अनिल मरासिनीले गमलामा पानी राखेर गरेका थिए।
गोष्ठीको अध्यक्षता डा. प्रवेशसिंह कुँवरले गरेका थिए ।
कार्यक्रममा पशुरोग अन्वेशण प्रयोगशाला नवलरासीका प्रमुख डा. भरत काफ्लेले एक स्वास्थ कार्यक्रमको बारेमा प्रशिक्षण दिएका थिए ।
पशु क्वारेन्टाइन कार्यालय भैरहवाका प्रमुख डा. भक्त न्युरेले भारतबाट अवैध खसिबोका, माछा, कुखुरा आयात रोक्न आफूहरू लागिपरेको तर पुरै रोक्न नसकेको जानकारी दिएका थिए ।
कार्यक्रममा प्रमुख तुलसीराम भण्डारी, तारानाथ पोखरेल, टीलाबहादुर सूर्यवंशी र प्रेमसागर पौडेलले सुझाव राखेका थिए ।
एक स्वास्थ्य अवधारणा गोष्ठीको सञ्चालन पशु विकास अधिकृत लोकराज भुसालले गरेका थिए ।