बिहिबार, भदौ २६, २०८२

विराटनगरमा २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार, तीन जना पक्राउ

 

 

मोरङ । विराटनगरमा २५ वर्षीया युवतीमाथि भएको सामूहिक बलात्कारको आरोपमा तीन जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ।

२८ गते राति साढे ११ बजे भएको सामूहिक बलात्कारमा संलग्न धनुषा जिल्लाका ४३ वर्षीय टेकबहादुर तामाङ, धनुषाकै २० वर्षीय विनोद चौहान र सिन्धुलीका १६ वर्षीय एक जना रहेका छन्।

उनीहरू तीनैजना ट्रकका चालक र सहचालक रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिनुभयो ।

२८ गते राति साढे ११ बजे उनीहरुले सामूहिक बलात्कार गर्दा महिला चिच्याएपछि स्थानीयले थाह पाई प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले तत्काल ती महिलालाई उद्धार गरी बलात्कारमा संलग्नलाई पक्राउ गरेको हो।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?