
शंकर प्रसाद पोख्रेल, बुटवल रुपन्देही
समाजबादी मोर्चा नेपाल रुपन्देहीले दैनिक उपभोग्य बस्तुमा भएको मुल्यवृद्धि, दशै तिहारमा हुने महङ्गी कालोबजारी, मिसावट सिमानाकामा भएको तस्करी र करछली, मिटर ब्याज, लघु बित्तीय आतंक, बजार अनुगमन,सरकारी कार्यालय,स्थानीय निकायमा भएको भ्रस्टाचार,अनियमितता,जनताको काममा भएको ढिलासुस्ती लगायतका विषयमा जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझायको छ मोर्चाका अध्यक्ष सरद सिको नेतृत्वमा उक्त ध्यानाकर्षण पत्र बुझाएको हो।
चाडबाडको बेला कालो बजारिहरुले मौका हेरेर व्यापक रूपमा कालोबजारी गरेकोले सरकारको ध्यानाकर्षण गराउन उक्त पत्र मोर्चातको तर्फ देखि बुझाएको नेकपा रुपन्देहीका सेक्रेटरी बिरेन्द्र सिले झिमरुकपोस्टलाइ बताउनुभयो।
ध्यानाकर्षण पत्र रुपन्देहीका प्रमुख जिल्ला अधिकारिलाइ बुझाइएको थियो।
ध्यानाकर्षण पत्र बुझाउदा मोर्चाका अध्यक्ष सरद सि ,मोर्चाका अन्य नेताहरु नेपाल माओबादी केन्द्रका रुपन्देही जिल्ला सयोंजक निर्मल जिसि, नेकपा रुपन्देही जिल्ला सेक्रेटरी बिरेन्द्र सि, नेकपा एकीकृत समाजबादिका श्री राम यादब,जनता समाजबादी पाटिका सियाराम यादब मोर्चाका नेता कार्यकर्ताहरुले संयुक्त रूपमा नेतृत्व गरि महंगी भस्टचार ,कालोबजारी ,सिमानाकामा हुने तस्करी रोक्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाइएको थियो।