
अखिल (छैठौं) झिमरुकले मच्छी वसपार्क काउन्टरमा तालावन्दी गर्ने भएको छ । काठमाडौवाट मच्छीको लागि आउने गाडी भोलिदेखि नै मच्छी नआएर बाग्दुला रोकिए तालावन्दी गर्ने निर्णय भएको छैठौंले जनाएको छ ।
अहिले मच्छीवाट छुट्ने नाइट बाग्दुलावाट छुट्ने र आउँदा पनि बाग्दुलामा यात्रुलाई अलपत्र पार्ने गरेको छ । स्वर्गद्वारी गौमुखी यातायात प्रा.लि.ले जनतालाई सिन्डिकेट लाद्ने र दुख दिने गरेको गुनासो आम सर्वसाधारणमा छ ।
यस विषयमा यातायात व्यवसायी, जिल्ला प्रशासन कार्यालय, झिमरुक गाउँपालिका र सांसदहरुलाई समेत पटक पटक गुनासो गर्दा समेत सबैले वेवास्था गरेकाले तालाबन्दी गर्ने निर्णय गर्नुपरेको विद्यार्थीको गुनासो छ ।