बिहिबार, भदौ २६, २०८२

काठमाडौंको गैरीगाउँको भ्याली बाबा पेट्रोलपम्पमा सिल

काठमाडौं । काठमाडौंको गैरीगाउँको भ्याली बाबा पेट्रोलपम्पमा सिल गरिएको छ । कम परिणामको तेल बिक्रीवितरण गरेको पाइएपछि पेट्रोलपम्पको एउटा नोजललाई सिल गरिएको हो ।

परिमाण मापन गर्दा मात्रा कम देखिएपछि कारबाही गरिएको अनुगमनमा संलग्न प्रधानमन्त्रीको सचिवालय सदस्य विनोद न्यौपानेले जानकारी दिए ।

चाडपर्वको मौका छोपी उपभोक्तामाथि ठगी हुनसक्ने भएकाले अनुगमन गरिएको उनले बताए ।

उपत्यका भित्र रहेका पेट्रोलपम्पका बारेमा गुनासो आएपछि प्रधानमन्त्री कार्यालय, आयल निगमलगायतले संयुक्तरूपमा अनुगमन गरेको थियो ।

पेट्रोलपम्पका बारेमा गुनासो आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा संयुक्त अनुगमन टोलीले उपत्यकाका विभिन्न स्थानमा रहेको पेट्रोलपम्पमा अनुगमन गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?