बिहिबार, भदौ २६, २०८२

पत्रकारिता र समाजसेवा मेरो रुचिको विषय हो,

बिन बहदुर रेग्मी

पत्रकारिता र समाजसेवा मेरो रुचिको विषय हो,  त्यसमा प्रयाप्त मात्रामा उपलब्ध गुणहरू, सुगन्धहरू,फूलबुट्टाहरू, सिरंगार रसहरु भर्न नसक्नु मेरो कमजोरी हो, हाई स्कूलमा राम्रो अंक ल्याएर एसएलसी पास गरेको भए पनि क्याम्पसको ढोका कस्ताे हुन्छ देख्न समेत मिलेन, सबै विषयमा मेरो राम्रो थियों, घरको मकै आटो खाएर पढन स्कुल जान्थे, एउटा विषय थियों सानै देखि मेरो पछि परेको थियो, स्कूलको फिस र कापी कलम काे लागि शनिबार भिंग्री बजारमा दाउरा भारी बोकेर बेच्नको लागि डुलाउँथे।त्यही गरिबीको विषय मैले सम्हाल्न सकिन आखिर हाई स्कूल पढाई सकेर विध्यार्थी जीवनलाई बिट मार्न बाध्य भएको सम्झिन्छु। अनिकाल परेको भन्थेँ भोकै सुतेको तर निद नआएको त्यो पल याद छ, पुस माघको जाडोले पनि जिस्क्याउँथे मलाई। पछाडि फाटेको जाय बाट छिरेको माघ महिनाको चिसोले रातभरि कुई कुइँ गर्थे, रातिको त्यो जाडोले भोलिको दिनको घाम पनि कम पर्थ्यो। तिनै गरिबी र पुष माघको चिसोले आज पनि मुटु सिरिङ्ग भई दिन्छ। त्यसैले त रुचि हुँदा हुँदै पनि उपलब्धि हात लाग्यो सुन्य भाको छ। म खास गरेर पत्रकार अपिल त्रिपाठीको प्रस्तुती को फ्यान हों भन्न चाहन्छु। त्यो उचाइको नजिक सम्म भए पनि पुग्न सकिन्छ कि भन्ने आशा छ। तपाईहरुको न्यानो माया सपोर्ट को खाँचो छ।

कमेरो र रातो माटोले घर लिपेको पो दशैं,
फूलपाती कालरात्री दशमी मा आफन्त मान्यजन सँग बसेर मीठा रसिला कुरा गर्न पाएँ पो दशैं,
कोटघर मेलामा दुई चार जना भकुरा भकुर खेलेको हेर्न पाएँ पो दशैं,
नयाँ नयाँ चप्पल जूता भोटी देखाउँदै गाउँ गाँउ घर घर डुल्न पाएँ पो दशैं,

हो। मिठा कुरा गर्ने फुर्सद मिलेन। काम काम काम छिटो छिटो छिटो हप्ता दिन घण्टा मिनेट सेकेन्ड…..भन्दाभन्दै बर्ष बितेको पत्तै भएनछ, कति चाडै दशै आईसकेछ। घर जाने प्रदेशीको घुईचो देखेर पो बल्ल आखा खुल्यो। तपाई सॅग कहि कतै तितो पीरो रूखो पो बोलियो कि भन्ने खुल्दुलीले सतायो। कहि कतै गल्ती भाको छ भने माफ गर्नुहोला। म यस्तै छु तर तपाईको लागि म सधै सम्मान र आदर गर्ने विशाल मनको मान्छे हु बर्षभरि देखाऊन सकेनहुला तपाईको मन जित्न सकेनहुला त्यो त मेरो कमजोरी पक्ष हो अन्यथा नलिनुहोला। धार्मिक आस्था र मान्यतामा दशैको के महत्व छ मलाई थाहा छैन तर मैले तपाईलाई सम्झीन पाए त्यो अर्थमा म दशैमा खुशि छु। तपाई र तपाईको परिवारमा दशैको खुशी भित्र बाहिर माथि कौसी बार्दलिन छत भर्याङ्ग आगन बाटो सम्म छाओस यहि शुभकामना छ। धन्यवाद
– #रेग्मीपरिवार। सुरतबाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?