
राष्ट्रिय जनमोर्चा काठेखोला गाउँपालिका–४ तंग्राम, बागलुङको आयोजनामा २०८० कार्तिक १० गते तंग्राममा शुभकामना आदान प्रदान तथा पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ । विजया दशमी, शुभ–दिपावली, नेपाल सम्वत तथा छठ पर्व–२०८० को पावन अवसरमा स्वदेश तथा विदेशमा रहुन हुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र दिर्घायुको कामना सहित आयोजना गरिएको शुभकामना आदान प्रदान तथा पुनर्मिलन कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङ जिल्लाका अध्यक्ष तिलक थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि थापा सहित राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सचिवालय सदस्य लक्ष्मण पुन, जिल्ला सदस्य टिका संगम वि.क., रक्तिम साँस्कृतिक अभियानका केन्द्रिय महासचिव हेमराज आश्रम, अखिल नेपाल बुद्धिजिवी संघका केन्द्रिय सदस्य कमला थापा, अखिल नेपाल प्रगतिशिल लेखक संघका केन्द्रिय सदस्य एवम गण्डकी प्रदेश समितिका अध्यक्ष धनप्रसाद पुन, अखिल नेपाल जनजाति सम्मेलनका बागलुङका जिल्ला उपाध्यक्ष ओम बहादुर पुन, सदस्य थमन पुन र राष्ट्रिय जनमोर्चा तंग्रामका सल्लाहकार एवम पुर्व वडा सचिव शस बहादुर वि.क.ले शुभकामना सहित मन्तव्य राख्नुभएको थियो । राष्ट्रिय जनमोर्चा वडा समिति काठेखोला गा.पा.–४ तंग्रामका अध्यक्ष विष्णु कँडेलको अध्यक्षता, सचिव थिर बहादुर रानाको स्वागत रहेको शुभकामना आदान प्रदान कार्यक्रमको सञ्चालन कृष्ण वि.क.ले गर्नुभएको थियो ।