बुधबार, भदौ २५, २०८२

गौमुखीमा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न

जुमान सिंह केसी
कार्तिक १७, प्युठान

प्युठानको गौमुखी गाउँपालिकामा मानसिक स्वास्थ्यका बिरामीलाई लक्ष्यित गरी निशुल्क स्वास्थ्य शिविर बिहिवार पुजा स्वास्थ्य चौकी लिबासेमा सम्पन्न भएको छ।
विशेषज्ञ सहितको सेवाबाट दुई सयजना भन्दा धेरैले चेकजाच तथा उपचार सेवा लिएको स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद जैसीले जानकारी दिनु भएको छ ।

गौमुखी गाउँपालिकाको बार्शिक स्वीकृत कार्यक्रम अनुसार स्वास्थ्य शिविरको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम पौडेलले बताउनु भयो उहाँले भन्नू भयो पालिकामा धेरै मानसिक रोग सम्बन्धि समस्या भएका बिरामी देखिएको हुँदा स्थानीय स्तरमै चेकजाच तथा उपचारसेवाले उनिहरुको वास्तविक समस्या पत्ता लाग्ने र थप उपचार सेवाको लागी जिल्ला बाहिर स्थानान्तरण गर्नपर्ने भएमा गाउँपालिकाले त्यसता बिरामीलाई सहयोग गरि उपचारसेवा प्रदान गर्ने उदेश्य सहित शिविर संचालन गरिएको बताउनु भयो ।

शिविरमा १ सय १२ जना मानसिक समस्या भएका र अन्य रोगका बिरामी १ सय १८ जनाले शिविरबाट सेवा लिएको गौमुखी गाउँपालिका स्वास्थ्य शाखाका जनस्वस्थ्य निरीक्षक केशव केसीले बताउनु भयो।

शिविरबाट जटिल अवस्था देखिएका मनरोगका ७ जनालाई पहिचान गरिएको छ । यस अघि २ जना मनरोगका विरामीहरुलाई काठमाडौ लगेर उपचार गराइएको स्वास्थ्य शाखाले जनाएको छ।

शिविरमा मानसिक रोग अस्पताल लगनखेल ललितपुरका निर्देशक एवं मानसिक रोग विशेषज्ञ डा. अनन्त प्रसाद अधिकारी,प्युठान अस्पतालका मानसिक रोग विशेषज्ञ डा.पँकज पाठक, डा. सुप्रीम बन्जाडे लगायतको सहभागीता रहेको थियो।

गौमुखी गाउँपालिकाको आयोजना, मानसिक रोग अस्पताल लगनखेल काठमाडौं, प्यूठान अस्पतालको प्राबिधिक सहयोग तथा स्वास्थ्य कार्यालय प्यूठानको समन्वयमा शिविर संचालन गरिएको गाउँपालिकाका उपाध्यक्ष महावीर रानाले जानकारी दिनु भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?