बुधबार, भदौ २५, २०८२

भूकम्पबाट जाजरकोटमा उपमेयर सहित २३को मृत्यु

काठमाडौं । जाजरकोटमा भूकम्पबाट ज्यान गुमाउनेको संख्या २३ पुगेको छ । जिल्लाको भेरी नगरपालिकामा १५ जना र कुशे गाउँपालिकामा आठजनाको मृत्यु भएको पुष्टि भएको छ ।

भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले आफ्नो गाउँपालिकामा अहिलेसम्म कम्तीमा १५ जनाको मृत्यु पुष्टि भएको जानकारी दिए । उनले भूकम्पका कारण सडकहरू अवरुद्ध हुँदा उद्धार कार्यमा कठिनाइ भइरहेको पनि बताए ।

यसैगरी कुशे गाउँपालिका आठजनाको मृत्यु पुष्टि भएको गाउँपालिका अध्यक्ष हरिशचन्द्र बस्नेतले जानकारी दिए । “अहिलेसम्म आठजनाको मृत्यु भएको पुष्टि भएको छ । घाइतेहरू पनि धेरै छन् । उद्धारको काम भइरहेको छ,” उनले भने ।

भेरी नगरपालिकाका प्रमुख घर्तीले नगलगाड नगरपालिकामा पनि केहीले ज्यान गुमाएको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?