बुधबार, भदौ २५, २०८२

जाजरकोट केन्द्र भएर ६.४ म्याग्निच्युडको भूकम्पले अहिलेसम्म १३८ जना बढीको ज्यान गयो

काठमाडौं । जाजरकोट केन्द्रबिन्दु बनाएर गएराति पाँचवटा भूकम्प गएको छ । गएराति ११ बजेर ४७ मिनेट जाँदा पहिलोपल्ट भूकम्प गएको थियो ।  ६.४ म्याग्निच्युडको भूकम्पले अहिलेसम्म १३८ जना बढीको ज्यान गइसकेको छ ।

पहिलो भूकम्प गएको करिब १५ मिनेटमै अर्को भूकम्पको झड्का महसुस भएको थियो । १२ बजेर २९ मिनेटमा ४.२ म्याग्निच्युड, त्यसको ६ मिनेटपछि फेरि ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो । बिहान ४ बजेर १६ मिनेट जाँदा ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?