बुधबार, भदौ २५, २०८२

एकीकृत बचत तथा ऋण सहकारीको पाचौं अधिबेशन सम्पन्न, अध्यक्षमा: कृष्ण पौडेल

जुमान सिंह केसी
कार्तिक १९, प्युठान ।
एकीकृत बचत तथा ऋण सहकारी सस्था लि. ठुलाबेसी प्युठानको १४ औ साधारणसभा तथा ५ औ अधिबेशन शनिबार ठुलाबेसीमा सम्पन्न भएको छ।
२०६७ शालमा २९ जनाबाट सुरु गरिएको सस्थामा हाल ४२२ जना शेयर सदस्य छन भने एक करोड सतासी लाख पुजि रहेको सस्थाले जनाएको छ।

साधारणसभाको प्रमुख अतिथि गौमुखी गाउँपालिकाका उपाध्यक्ष महाबिर रानाले सहकारी मार्फत जनताको जिवनस्तर उकास्ने, आर्थिक रुपमा सबल बनाउनमा सहकारीले महत्त्वपूर्ण भुमिका रहने बताउनु भयो साथै उहाँले कतिपय सहकारीहरु नियम बिपरित कार्य गरेको आर्थिक तथा ब्यबस्थापनमा समस्या देखिएको हुँदा शियर सदस्य, संचालक समिति चनाखो हुनु पर्ने बताउनु भयो। सहकारी प्रबर्द्धन र बिकासमा गाउँपालिकाले ध्यान दिने उल्लेख गर्नु भएको थियो।

कार्यक्रमका विशेष अतिथि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम पौडेलले सहकारी क्षत्रलाई निति नियम भित्र रहेर काम गर्न अनुरोध गर्नु भएको थियो साथै सस्थाको उदेश्य अनुसार काम नभएमा कानुन अनुसार जानप्रने भन्दै सहकारीले सदस्यको हित अनुसार काम गर्नु पर्ने बताउनु भयो। सहकारीलाई प्रबर्द्धन र बिकास गर्न गाउँपालिका तयार रहेको भन्दै आवस्यक सहकार्य गरिने समेत उल्लेख गर्नु भयो।

शुभकामना दिनेहरुमा सास्थापक अध्यक्ष हरी प्रसाद जैसी, समाजसेवी तथा सस्थाका सल्लाहकार ज्ञामुराम न्यौपाने, उधोग बाणिज्य संघ बाजारका अध्यक्ष जनक केसी रहनु भएको थियो।

सस्थाको प्रगति प्रतिबेदन अध्यक्ष केशव बहादुर केसी,अर्थिक प्रतिबेदन ब्यबस्थापक बालाराम न्यौपानेले आगामी नीति तथा कार्यक्रम सचीव अर्जुन बहादुर केसीले गर्नु भएको थियो।
सस्थाले नियमित बचतगर्ने , असल ऋणी, विद्यार्थी छात्रवृत्ति तर्फ पुरुषकार पर्दान गरेको छ।

सस्थाको सम्पन्न पाचौ अधिबेशनले कृष्ण पौडेलको अध्यक्षतामा ११ सदस्य संचालक समिति गठन गरिएको छ जसको उपाध्यक्ष अशिम न्यौपाने, सचीव धनेन्द्र केसी, कोषध्यक्ष मिरा केसी लगाएत रहनु भएको छ भने लेखा सुपरिवेक्षण समितीको संयोजकमा डुक बहादुर गुरुङ चयन हुनु भएको छ।

साधारणसभामा सस्थाका उपाध्यक्ष लिला बहादुर केसीको स्वागत मन्तब्य रहेको थियो भने अध्यक्षता सस्थाका अध्यक्ष केशव बहादुर केसीले गर्नु भएको थियोे। कार्यक्रमको संचालन सचीव आर्जन बहादुर केसीले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?