बुधबार, भदौ २५, २०८२

जाजरकोटको कालेगाउँमा लु२ख ६७८९ हाइस दुर्घटना

जाजरकोट । जाजरकोटको कालेगाउँमा हाइस दुर्घटना भएको छ ।

नेपालगञ्जदेखि रिम्ना जाँदै गरेको लु२ख ६७८९ नम्बरको हाइस भेरी नगरपालिका–३ कालेगाउँमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाका अनुसार सो हाइसमा चालकसहित ९ जना सवार रहका थिए । त्यसमा दुई जना गम्भीर घाइते भएको उनले बताए । उनीहरुको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?