बुधबार, भदौ २५, २०८२

कचहरी” की कथाकार “जिज्ञासु” लाई ज्याेति स्रष्टा सम्मान

साहित्य प्रतिष्ठा काठमाण्डाै ले अायाेजना गरेकाे कथाकार कल्पना पाैडेल” जिज्ञासु” काे कचहरी कथा सङ्ग्रहकाे विमर्श तथा सम्मान कार्यक्रम प्रतिष्ठान का अध्यक्ष मणिराज सिंह काे अध्यक्षता र विश्व कवि तथा संकृतीविद तुलसी दिवस काे प्रमुख अातिथ्यता मा वुद्धि विकास मंडल पुस्तकालय लगनखेल ललितपुरमा सम्पन्न भएकाे छ।

विशिष्ट अतिथि : शिखर कवि शैलेन्द्रसाकर ,साहित्यकार कृष्ण प्रधान वजय हितानकाे विशेष उपस्थितिमा भएकाे कार्यक्रममा विनेसाम भक्तपुर शाखाकी अध्यक्ष रेणु घिमिरे ले स्वागत मन्तब्य काे साथै कथाकारकाे व्याक्तित्व र कृतित्व काे बारेका प्रकास पार्नु भएकाे थियाे। विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाकी अध्यक्ष तथा कचहरी कथा सङ्ग्रह कि लेखिका स्रष्टा कल्पना पाैडेल जिज्ञासु काे कचहरी माथि मुख्य वक्ता प्रा. डा लेख प्रसाद निराैला, वक्ता प्रा डा सावित्रा श्रेष्ठ , समिक्षक कृष्ण प्रधान ,प्रगतिशिल साहित्यकार मनु विक ले कथा सङ्ग्रह मा समेटिएका १५ वटै कथाहरुले सामाजिक यथार्थलाई अाैंल्याउन सफल भएकाे ,गरिवी अभाव का कारण महिलाहरु बैदेशिक राेजगारमा जाँदा भाेग्नुपरेका समस्या,बृद्धअवश्थामा भाेग्नु परेका समस्या, पहिलाकाे न्याय प्रर्णाली र वर्तमान न्याय प्रणाली का समस्या हरुलाई
उठान गरिएकाे छ। मदेशी मुस्लिम , थरु र पहाडी सबै समुदायका महिला तथा गरीव पात्र हरुका समस्याहरु उठान मात्र नगरी पिडामा रुमलिएका पात्रहरु समस्या लाई छिचोल्दै सफलता प्राप्त गर्न सफल भएकाेले कथाहरु प्रगतिशिल चेत र दृष्टिकोणमा रहेकाे छन। भाषा शैली अत्यत सरल , सरस र सलल बग्ने खालकाे भएकाेले विषय वस्तु र भाषाका हिसावले पाठकहरुकाे मन तान्न सक्ने, पठनिय र बाेधगम्य भएकाे कुरा अाैलाउनु भएकाे थियाे। कथाकार कल्पना पाैडेल जिज्ञासु लाई ज्याेति साहित्य प्रतिष्ठान काठमाण्डाै ले “ज्याेती स्रष्टा सम्मान “द्वारा प्रमुख अतिथि विश्व कवि तुलसी दिवस र प्रतिष्ठान का अध्यक्ष मणिराज सिंह द्वारा सम्युक्त रुपमा माला खदा र प्रमाणपत्र द्वारा सम्मान गरिएकाे थियाे।

उक्त कार्यक्रमा साहित्यकार हरु, ,विनेसाम केन्द्रका उपाध्यक्ष विजय हितान अर्थ सचिव के.बी पौडेलज्यू, विनेसाम नेपालका सल्लाहकार ऋषीराम सापकाेज्यू श्रेष्ठ प्रा डा श्रीधर गाैतम,वनेसाम ललितपुर शाखाका अध्यक्ष बुद्धिमान महर्जन, साहित्यकार नरेन्द्र पाैडल
देवि प्रसाद पाेडेल,हिरादेवी उपाध्याय, असलेस उपाध्याय,माधव अाचार्य शुशिला पराजुली,सुसना पराजुली,रुविन राना, उपसथित रहेकाे कार्यक्रम प्रतिष्ठानकी सचिव सुधा मिश्रले संचालन गर्नु भएकाे थियाे । विश्व कवि तुलसी दिवस , विशिष्ट अतिथि शिखर कवि शैलेन्दु साकार र साहित्यकार नरेन्द्र पाैडेल ले जिज्ञासुकाे कथा सङ्ग्रह कचहरी माथि प्रकास पार्दै कथा उत्कृष्ट रहेकाेले ज्याेति स्रष्टा सम्मान द्वारा सम्मानित भएकाेमा कथाकार जिज्ञासु लाई बधाई तथा शुभकामना दिनु भएकाे थियाे। प्रतिष्ठान का अध्यक्ष मणिराज सिंह ले कथाकार लाई बधाई दिदै प्रमुख अतिथि,विशिष्ट अतिथि,अतिथि लगायत
कार्यक्रमको लागि हल सहजीकरण गरि सहयोगी गरीदिनु हुने बुद्धि विकाश मण्डलका अध्यक्ष कृष्ण खड्काज्यू र पदम बहादुर डांगर ज्यू र उपस्थित सबैलाई कार्यक्रम सफल पार्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्नु भएकामा हार्दिक धन्यबाद ज्ञापन गर्नुभएकाे थियाे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?