
खिमराज चालिसे
चंडिगढ
१२ नोभेम्बर २०२३
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समितिले आज १२ नोभेम्बर २०२३ को आईतबार बेग्लाबेग्लै तिन स्थानमा आज देउसीभैलो को उद्घाटन गरिएको छ।
प्रवासी श्रमजीवी नेपालीहरुको घरदैलोमा पुगी शुभकामना दिदै तिन अभियानलाई सहयोग गर्ने उद्धेश्य राखेको भैलो चार दिन सम्म जनताको बिचमा खेल्ने योजना रहेको छ।
यस अन्तर्गत “ए” टिम – पंचकुलाको उदघाटन नगर अध्यक्ष मान बहादुर केसीले गर्नु भएको थियो । समारोहमा शुभकामना केन्द्रीय सदस्य तिलक पौडयाल र केन्द्रीय सल्लाहकार प्रेम आचार्यले दिनु भएको थियो।
कार्यक्रम पुरन थापाको अध्यक्षतामा तथा नरेन्द्र बलम्पाकीको संचालनमा सम्पन्न भएको थियो।
यसैगरि बि” टिम मोहाली, र ईन्डस्ट्रियल एरियाको देउसीभैलो उदघाटन मूल प्रवाह केन्द्रीय खिमराज चालिसेले व्यानर खोलेर गर्नु भएको थियो । वहाँले प्रगतिशिल देउसी भैलो को प्रवासमा महत्वबारे प्रकास पार्नु भएको थियो। कार्यक्रममा मूल प्रवाह केन्द्रीय सदस्य दिनेश खडका, सुदुर पश्चिमोत्तर क्षेत्रिय सदस्य जुना चालिसे, विद्यार्थी संघ नगर सचिव सुरज चालिसे, महिला नगर सदस्य लक्ष्मी अधिकारीको आथित्यता रहेको थियो।
कार्यक्रम थानेश्वर पान्डेको संचालनमा तथा बिष्णु अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत सरस्वता भुसालले गर्नु भएको थियो।
“सी” टिम मध्यसिटी र सिटि एरियाको टिमको उदघाटन मूल प्रवाह नगर समिति का वरिष्ठ सदस्य थमन थापा ले गर्नु भएको थियो । वहाँले प्रगतिशिल देउसी भैलो को प्रवासमा महत्वबारे प्रकास पार्नु भएको थियो।
कार्यक्रम अर्जुन बिकको अध्यक्षतामा तथा तेज बहादुर रोकाको संचालनमा सम्पन्न भएको थियो भने स्वागत किसन खनालले गर्नु भएको थियो।