
कोटी प्रसाद पोख्रेल
१२/११/२०२३
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समित अन्त्रगत चेन्नई पुर्ब पश्चिम , उत्तर,दक्षिण संयुक्त नगर समितिको आयोजनामा २०८० सालको जनबादी देउसी भैलो कार्यकर्म भब्य रुपमा सम्पन्न भयो
चेन्नई उत्तर नगर समितीका वरिष्ठ सदस्य मान बहादुर को अध्यक्षता, पश्चिम नगर समितिका अध्यक्ष बुद्धिराम पौडेलको सञ्चालन
मुल प्रवाह क्षेत्रिय समितिका सचिवालय सदस्य तथा चेन्नई संयुक्त नगर समितिका संयोजक काशीराम शर्माको प्रमुख अतिथि , मूल प्रवाह केन्द्रीय उपाध्यक्ष कुल बहादुर थापाको विशेष उपस्थिति, केन्द्रीय कोषाअध्यक्ष मदन शर्मा, केन्द्रीय सदस्य केशमान नेपाली, केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रिय अध्यक्ष चन्द्र बहादुर थापा, क्षेत्रीय सदस्य तथा स्वयंसेवक इन्चार्ज कोटी प्रसाद पोख्रेरल, क्षेत्रिय सदस्य तेजेन्द्र थापा, क्षेत्रिय सदस्य गोपाल बि क, क्षेत्रिय सदस्य ओमकान्त शर्मा, क्षेत्रिय सदस्य उमनन्द शर्मा, क्षेत्रिय सदस्य जिबन शर्मा, क्षेत्रिय सदस्य नेत्रलाल शर्मा, क्षेत्रीय सदस्य खगराज शर्मा,महिला विभाग पश्चिम नगर समिति संयोजक चन्द्रिका पौडेल, महिला बिभाग सदस्य गुमा कुमारी शाही, सम्झना नेपाली, रक्तिम सास्कृतिक संयोजक दिल बहादुर थापा, साथै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गुजरात नगर समितिका सदस्य चाम बहादुर घर्ती को अतिथि आसनग्रहण, ज्ञात अज्ञात सहिदहरु प्रति एक मिनिट मौनधारणा प्रस्ताव उपस्थित जानमानस लाई दक्षिण नगर समितिका कोषाध्यक्ष जिबन शर्माले शब्दबाट र रक्तिम कलाकारहरुले गित बाट स्वागत गर्नुभएको थियो l
२०८० सालको जनाबादी भैलो कार्यक्रम मैन बत्ती बालेर प्रमुख अतिथि काशीराम शर्माले उद्घाटन तथा उद्घाटन भाषण गर्नु भएको थियो l उद्घाटन भाषणमा उहाँले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको बारे स्पष्ट पर्दै l मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले स्थापना कालदेखि नै प्रवासमा रहने नेपालीहरूको बीचमा नेपाली संस्कृतीलाई प्रगतिसिल ढंगले मनाउदै र पस्तुत गर्दै आयको बताउनु भयो,
केन्द्रीय उपाध्यक्ष कुल बहादुर थापाले शुभकामना दिदै भारतमा रहने नेपालीहरूको अभिभावकको रूपमा रहेको मूल प्रवाह नेपाली एकता समाजलाई विभिन्न प्रकारका अवसरवादी र फुट प्रस्तहरुले विभिन्न प्रकारले झुट्टो प्रचारहरु गरेर धमिल्याउने प्रयास गर्दागर्दै सोयम आफूहरुको नै अन्त भएको इतिहास कोट्टाउदै भावी दिनहरुमा पनि मूल प्रवाह माथि आइही लाग्ने हरु को अन्त्य निश्चित भयको बताउदै सबै चेन्नई मा रहने प्रवासी दाजु भाई तथा दिदी बहिनीहरुलाई मूल प्रवाको झन्डा मुनि गोलबन्द हुन अग्रह गर्दै शुभकामना वक्तव्य व्यगत गर्नु भयको थियोl साथै पश्चिममा नगर समितिका सदस्य, चिंतामणी आचार्य, खगेश्वसर शर्मा, तिलक बि क, ओमकान्त शर्मा लगायतले सुभकामना दिनु भयको थियो l कार्यक्रम को बीच बिचमा रक्तिम सांस्कृतिक परिवारका कलाकारहरुबाटअति रोचक भैलो गित निर्त्य प्रस्तुत गर्नु भएको थियो l कलाकारहरू अतिथिहरु स्वयं सेवक लगायत सम्पुर्ण हलमा उपस्थित बुबाआमा दाजुभाइ दिदी बहिनीहरुलाई आयोजको तर्फबाट चेन्नई उत्तरमा नगर का सचिव तथा स्वामी सेवाक इन्चार्ज कोटी प्रसाद पोख्रेल ले धन्यवाद ज्ञापन गर्नु भयको थियो