
राम प्रसाद पौडेल ,हैदराबाद, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज,मध्य दक्षिण क्षेत्रीय समितिको आयोजना मा 2080 सालको शुभ दिपावलिको अबसरमा शुभकामना आदानप्रदान तथा जनबादी देउसिभैलो कार्यक्रम सम्पन्न भएको छ।उक्त कार्यक्रम लाई प्रमुख अतिथिको रुपमा मूल प्रवाह का केन्द्रीय महासचिव प्रेम पौडेलले सम्बोधन गर्नुभएको थियो,सम्बोधन को क्रममा उहाँ ले बडादशै छठ तथा शुभ दिपावलिको अबसरमा सु स्वास्थ्य,सुख शान्ती र समृद्धि को कामना गर्दै दिपावाली को अबसरमा देउसी भैलो कार्यक्रम लाई आत्मसात गर्दै आर्थिक सहयोग गर्नुहुने सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनी हरुलाइ धन्यबाद दिदै पार्टी सङठन लाई जबजब समस्या र प्रतिकुल अबस्था सृजना हुन्छ तबतब तपाईं हरु सबैको मुहार सम्झन्छु अनि तपाइहरु सबैले निर्धारित जिम्मेवारिहरु पूरा गर्न तनमन ले आफ्नो कार्यक्षेत्रमा खटिनु हुन्छ जसबाट संगठन लाई थप उर्जा मिलिरहन्छ भन्नुभयो ।त्यसका साथै जनताको बिचमा संकलन भएको आर्थिक कतिपय ब्यक्तिहरुले दुरुपयोग गर्दै आर्थिक अनुशासनमा मा बस्न नसक्ने हरुप्रती पनि कटाक्ष गर्दै आफुहरु भने जनताकै निम्ति सामाजिक चासोसङ सम्बन्धित हितको लागि सदुपयोग हुने कुरामा जिकिर गर्नुभयो।त्यसका साथै हामिहरुले कुनैपनी पर्बहरुलाइ प्रगतिशिल तरिका ले मनाउने प्रयत्न गर्नुपर्ने कुरामा जोड दिनुभयो ,साथै मध्य दक्षिण क्षेत्रीय समितिको देउसी भैलो लाई सबैभन्दा धेरै आर्थिक सहयोग गर्नुहुने मूल प्रवाह मध्य दक्षिण क्षेत्र का संरक्षक तथा क्षेत्रीय सदस्य रनबाहादुर पौडेल जि ले रु 1 लाख चार हजार पाँच सय रुपैयाँ सहयोग प्रदान गर्नुभएको मा उहाँ लगायत सहयोग गर्नुहुने सम्पुर्ण नेता कार्यकर्ता तथा शुभचिन्तक हरुलाइ केन्द्रीय समितिको तर्फबाट हार्दिक बधाई तथा धन्यबाद ज्ञापन गर्दै शुभकामना मन्तब्य राख्नुभएको थियो।उक्त कार्यक्रम मा अतिथिको आसनबाट शुभकामना मन्तव्य राख्ने बक्ताहरुमा केन्द्रीय सदस्य भिम बहादुर थापा,फुलबीना पौडेल ,कृष्ण बहादुर थापा र मूल प्रवाह कि क्षेत्रीय सदस्य तथा क्षेत्रीय महिला सम्योजक पुस्पा पौडेलले शुभकामना मन्तब्य राख्नुभएको थियो भने केन्द्रीय प्रतिनिधि रतन सिंह ,क्षेत्रीय सास्कृतिक बिभाग कि कृष्ण कुमारी बि क ,क्षेत्रीय सदस्य गङा कडायत,राजु दुलाल,महिला उत्तर नगर बिभाग कि सम्योजक बिजुला शर्मा र दक्षिण नगर महिला बिभाग कि सम्योजक गुमा राना ले आतिथ्यता ग्रहण गर्नुभएको थियो।रामप्रसाद पौडेल को अध्यक्षता ,सुर्य बहादुर थापा को सन्चालन,अतिथि हरुको आसन ग्रहण ,वीर सहिदहरुप्रती एक मिनेट मौन धारण पश्चात् घनश्याम शर्माले स्वागत मन्तब्य राख्नुभएको थियो। रक्तिमका कलाकार हरु द्वारा बिबिध सास्कृतिक कार्यक्रम सहित गीत र नृत्य प्रस्तुत गरिएको थियो।