बुधबार, भदौ २५, २०८२

राष्ट्रिय जनमोर्चा रुपन्देही द्वारा आयोजित रक्तिमको जनबादी भैलोले दियो जोडदार प्रस्तुति

 

शंकर प्रसाद पोख्रेल ,रुपन्देही बुटवल
राष्ट्रिय जनमोर्चा जिल्ला समिती रुपन्देहीको आयोजनामा रक्तिमको जनबादी भैलोको बेजोड प्रस्तुति गरिएको छ। हिजो देखि खेलियको दैउसी भैलो कार्यक्रम आज पनि खेलिएको हो। राष्ट्रिय जनमोर्चाका अध्यक्ष टान बहादुर केसिका अनुसार जनबादी देउसी भैलो कार्यक्रम रुपन्देही जिल्ला भर खेलिने बताउनुभयो,।देउसी भैलो कार्यक्रममा रुपन्देही जिल्ला रक्तिम अध्यक्ष सीता बस्यालले कलाकारहरुको तर्फबाट नेतृत्व गर्नुभएको छ।
कलाकारहरुलाइ मंच ब्यबस्थापन लगायतको जिम्मेवारी राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष टान बहादुर केसि राजमो प्रदेश सांसद तारा थापा ,बामपंथी नेता चेतनाथ आचार्य ,दुर्गनाथ खरेल राजमो केन्द्रिय सल्लाहकार बद्रे आलाम ,अखिल छैठौंका केन्द्रिय अध्यक्ष देबेन्द्र कुंवर ,अखिल छैठौका केन्द्रिय सचीव पुरन पोख्रेल ,राजमो केस इन्दिरा ज्ञवाली ,महिला नेतृ सरिता जिसि लगायतले गर्नुभएको छ।

रक्तिम का पुर्ब केन्द्रिय कोसाधक्ष तेजेन्द्र थापा  लगायतका कलाकारका टिमहरुले रुपन्देहीमा  देउसी भैलो कार्यक्रमको जनाबादी नृत्य र देउसी भैलो कार्यक्रम प्रस्तुत गरेका थिय। रक्तिम कलाकारहरुको गित नृत्यलाई दर्शक बढो चासो पुर्बक मन पराएर नियालिरहेको देखिन्थ्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?