कात्तिक ३० गते हर्मीचौरतर्फ लु.१६प. ४३९५ नम्बरको मोटरसाइकलमा गएका उनी घरमा फर्केर नआएपछि परिवारका सदस्यले १ मंसिरमा खोजी गरिदिन प्रहरीमा निवेदन दिएका थिए । प्रहरीले खोज्ने क्रममा शनिबार कालिगण्डकी गाउँपालिका-१ हनुमान पार्कस्थित कच्ची सडकदेखि २० मिटर तल भीरमा उनको मोटरसाइकल र शव भेटिएको पाण्डेले बताए ।
घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी चौकीबाट प्रहरी निरीक्षक अनिल थापासहितको प्रहरी टोली पुगेको छ । शव गुल्मी जिल्ला अस्पताल तम्घासमा पोष्टमार्टमपछि आफन्तले बुझेका छन् । अन्लाईन खबर बाट