शनिबार, साउन १२, २०८१

भारतको डेराबसीमा सडक दुर्घटनामा प्युठानका युवकको निधन

भारतको डेराबसीमा सडक दुर्घटनामा प्युठानका युवकको निधन,

खिमराज चालिसे
चंडिगढ
२० नोभेम्बर २०२३

भारतको पंजाब राज्यको डेराबसीमा १८ नोभेम्बर को सडक दुर्घटनामा गम्भीर घाइते भएका प्युठानका राज कुमार कुँवर वर्ष ४० को १९ नोभेम्बर २०२३ को चंडिगढ स्थित सरकारी अस्पतालमा उपचारको क्रममा निधन भएको छ।

सडकपार गर्ने क्रममा तेजरफ्तार अज्ञात नम्बरको कारको ठोक्करले गम्भीर घाइते कुवरको अस्पतालमा निधन भएको थाहा लागे पछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज र अखिल भारत प्रवासी नेपाली एकता समाजको पहल तथा सक्रियतामा पोष्टमार्टम गरि आज २० नोभेम्बर २०२३ को चंडिगढमा दुईबटै संगठनको उपस्थितमा अन्तिम सँस्कार समेत गरिएको छ।

मृतक डेराबसीमा प्राइबेट कम्पनीमा कार्यरत राजकुमार कुँवरको आर्थिक स्थिती पनि ठिक न भएको कारण उनलाई दाहसंस्कार स्थलमा नै दुईबटै संगठनले सम्युक्त नेरू ११३६० आर्थिक सहयोग समेत गरेको छन।

दाहसंस्कार पछि श्रंद्धान्जली सभामा एक मिनेट मौनधारण पश्चात प्रवासी नेपाली एकता समाजका गोविन्द पान्डे र मूल प्रवाह एकता समाजका दिनेश खडकाले सम्वोधन गर्नु भएको थियो ।

सभामा मृतकका भाई, आफन्तहरु समेत संगठनका नेताहरु दिपक थापा, सान्ता बस्नेत पाण्डे, उमा नेपाली, संगिता थापा, थमन थापा, मान वहादुर केसी, श्याम धिमाल, मन्जु केसी, सुमित्रा रुचाल, बाबुराम रुचाल, तुल्सी पुन लगाएतको दाहसंस्कारमा उपस्थिती रहेको थियो।

मृतक राजकुमार कुँवर प्युठान जिल्ला नारिकोट जन्म घर भई हाल दाङ जिल्ला दिउखरि गढवा निबासी हुन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal