बुधबार, भदौ २५, २०८२

नबौ उधोग दिवस प्युठानमा मानाइयो

जुमान सिंह केसी
मंसिर १०,प्युठान
घरेलु तथा साना उधोग बिकास कार्यालय प्युठानले नबौ उधोग दिवस खलंगामा मनाएको छ। जिल्ला समन्वय समितिको सभाहलमा अन्तकृया कार्यक्रमको आयोजना गरि मनाएको हो।
उधमीहरुका बिच अन्त्रक्रिया र औधोगिक तथ्यांक पुस्तिका समेत बिमोचन गरिएको कार्यालयले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जिसीले उधमीहरुको हितमा काम गर्नु पर्ने बताउनु भएको छ उहाँले कतिपय अनुदानका कार्यक्रमहरु पहुँचको भरमा बितरण हुने वास्तविक पाउनु पर्नेले नपाउने समस्या देखिएको भन्दै सहि पहिचान गर्न जरुरी रहेको बताउनु भयो।

मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले उधमी व्यावसायि हरुलाई कसरी सहज र सहयोग गर्न सकिन्छ त्यस सम्बन्धमा स्थानीय तहबिच छलफल गर्न पर्ने आवस्यकता भएको औल्याउँदै गाउँपालिकाबाट बार्शिक निति तथा कार्यक्रममा उधमबिकासका कार्यक्रम राखिएको उल्लेख गर्नु भएको थियो।

प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले सेवा प्रदायक उधमीबिच समन्वय हुनु पर्ने बताउनु भयो उहाँले बजारको माग र आवस्यकतालाई मध्यनजर गरि उधमीहरु संचालन गर्न अनुरोध गर्नु भएको थियो उहाँले व्यावसायिक लाई हौसला, सम्मान र सहजसेवाको लागि सबैले हातेमालो गर्नु पर्ने बताउनु भयो।

घरेलु तथा साना उधोग बिकास कार्यालयका उधोग अधिकृत सरोज भण्डारीले कार्यालय बाट हुने सेवालाई सहज तथा प्रभावकारी रुपमा कार्य गर्दै आएको बताउनु भयो। उहाँले स्थानीय तह समक्ष सहकार्यगरि कार्यक्रमलाई दोहोरोपना हुन नदिन पहल गरिएको बताउनु भयो।

दिवस कार्यक्रममा ०८०/०८१ मा संचालन हुने कार्यक्रमको समेत जानाकारी गराइएको थियो।
कार्यक्रममा सहभागी उधमीहरुले अनुदान तथा प्राविधिक, प्रबिधीको सहयोग आवस्यक रहेको बताएका थिए। स्थानीय उत्पादनलाई बजारीकरण मा समेत समस्या भएको भन्दै सबैलाई सहयोग गर्न आनुरोध गरेका थिए ।
प्युठान जिल्लामा करिब अठार सय भन्दा बढी उधमीहरुको तथ्यांक रहेको कार्यालयले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?