बुधबार, भदौ २५, २०८२

छोरीको सम्झनामा बुवाले गरे ५० हजारको अक्षयकोषस्थापना

जुमान सिंह केसी
मंसिर १०, प्युठान।
प्युठान नगरपालिका वडा न ८ बस्ने साहित्यीक तथा शैक्षिक ब्यक्तित्व ध्रुव गिरीले आफ्नी छोरी स्व. अस्मिता गिरीको स्मृतिमा पचास हजार बराबरको छोरी अस्मिता स्मृति अक्षयकोष स्थापना गर्नु भएको छ।

एहि मंसिर ८,९ गते राष्ट्रिय बाल साहित्य सम्मेलनको अवसरमा जनता मा बि बाग्दुलाको उच्च कक्षामा अध्ययनरत अनाथ बालबालिकालाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले आफ्नी छोरी स्व अस्मिता गिरीको स्मृतिमा पचास हजार बराबरको अक्षयकोष स्थापना गरिएको बुवा धुर्ब गिरीले बताउनु भयो।

बिधालयका प्रधानाध्यापक इन्द्रमणी पोख्रेल, बिधालय ब्यबस्थापन समितिका अध्यक्ष रेखा बसेललाई संयुक्त रुपमा रकमको चेक हस्तान्तरण गर्नुभएको छ ।

अक्षयकोष बाट प्रत्येक वर्ष प्राप्त ब्याजदर बाट बिधालयमा अध्यनरत अनाथ बालबालिकालाई छात्रवृत्ति वितरण गर्ने बिधालयले जनाएको छ। स्मरण रहिस २०८० कार्तिक ६ गते धुर्व गिरीको छोरी अस्मिता गिरीको आकस्मिक निधन भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?