बुधबार, भदौ २५, २०८२ | Wednesday 10th September 2025
प्युठानको झिमरुक ३ कुटेडाँडामा राष्ट्रिय जनमोर्चाको कार्यकर्ता भेला सम्पन्न
झिमरुक पोस्ट
शनिबार, मंसिर १६, २०८०
खिम बहादुर बिक प्युठान ,
खलङ्गा । प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर ३ कुटेडाँडामा राष्ट्रिय जनमोर्चाको कार्यकर्ता भेला सम्पन्न भएको छ ।
नेकपा (मसाल) लुम्बिनी प्रदेश प्रवक्ता तिलक जिसीको प्रमुख आतिथ्यमा २०८० मङ्सिर १५ गते शुक्रबार सो कार्यक्रम सम्पन्न भएको हो ।
भेलालाई प्रमुख अतिथिको आसनबाट प्रशिक्षणात्मक मन्तव्य राख्दै जिसीले मसालको तात्कालिक नीति तथा कार्यक्रम, देशको राजनैतिक अवस्था र कार्यकर्ताको जिम्मेवारीको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
सो अवसरमा उहाँले देशमा साम्राज्यवाद र राजावादी तŒवहरूको चलखेलले प्रतिगमनबारे मसाल र राजमोले भन्दै र जनतालाइ सजग गराउँदै आइरहेको कुरा थप प्रष्ट हुँदै गएको दाबी गर्नुभयो ।
पार्टीले सञ्चालन गरेको तीन अभियानलाई निरन्तरता दिने क्रममा सम्पन्न गरिएको उक्त कार्यक्रममा राजमो प्युठानका कोषाध्यक्ष एवम् झिमरुक पालिका अध्यक्ष टीकाबहादुर जिसी, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का जिल्ला सल्लाहकार एवम् ३ नम्बर वडाअध्यक्ष मीनबहादुर खत्री, समता समाजकै प्युठान जिल्ला कोषाध्यक्ष विनोदकुमार विक, रक्तिम सांस्कृतिक अभियानका जिल्ला सचिव जगत् विक र राजमो ३ नम्बर वडा समितिका अध्यक्ष नवराज केसीले पनि सम्बोधन गर्नुभएको थियो ।
भेला राजमो ३ नम्बर वडा समितिका सचिव जुमानसिंह विकको सञ्चालन, वीरबहादुर विकको अध्यक्षता र सादन सुनारको स्वागतसँगै सम्पन्न भएको थियो ।
भेलाले निमबहादुर विक (मङ्गल) अध्यक्ष रहनुभएको १७ पूर्ण र पाँच सल्लाहकारसहितको समिति निर्माण गरेको छ ।
समितिको उपाध्यक्षमा उदयवहादुर विक, सचिवमा भरतबहादुर जिसी (कृष्ण), सहसचिवमा रेकमबहादुर विक र कोषाध्यक्षमा सरिता सुनार रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा शङ्कर सुनार, इमानसिह विक, भैरवबहादुर जिसी, रिखिराम केसी, खड्कबहादुर रसाइली, दुर्गाबहादुर जिसी, गीता सुनार, प्रदीप सुनार, रमेश सुनार, पुतला सुनार, कविता सुनार र ठाकुर विक रहनुभएको छ ।
एवम् प्रकारले सल्लाहकारहरूमा जुमानसिह विक, सादन सुनार, कर्णबहादुर जिसी, वीरबहादुर विक र रामबहादुर जिसी रहनुभएको छ ।
निर्वाचित समितिको घोषणा नवराज केसीले तथा बधाइ मन्तव्य समता समाजका जिल्ला सचिव खिमबहादुर विकले राख्नुभएको थियो ।